२०८३ असार १० बुधबार
Search
Close this search box.

स्ववियु निर्वाचनको माग गर्दै क्याम्पसमा प्रदर्शन

बिर्तामोड, नेकपाको विधार्थी संगठनले स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न माग गर्दै झापाका विभिन्न क्याम्पसमा प्रदर्शन गरेको छ ।

अनेरास्ववियू र अखिल क्रान्तिकारीले केन्द्रीय आन्दोलनको दोस्रो दिन देशभर स्ववियु निर्वाचन हुने क्याम्पसमा प्रदर्शन गरेका छन् । झापाको देवी क्याम्पसमा अनेरास्ववियु क्याम्पस जिल्ला कमिटी अध्यक्ष मनोज ताम्ली लिम्वु र अखिल क्रान्तिकारीका उपाध्यक्ष रोशन खड्काको नेतृत्वमा, गौरादह , गौरीगंज क्याम्पसमा अखिल झापाका उपाध्यक्ष समर्पण खतिवडा र अखिल क्रान्तिकारीका सहसचिव आर्जु सुन्दासको नेतृत्वमा, कन्काई क्याम्पस बिर्तामोडमा अखिल क्रान्तिकारीको अध्यक्ष अनिल सुवेदी, उपाध्यक्ष रञ्जन धमला, अखिल जिल्ला सचिव रोशन लामाको नेतृत्वमा, गरामनी क्याम्पसमा अखिल भूगोल कमिटी अध्यक्ष दुर्गा धमला र सानु थपलियाको नेतृत्वमा, दमक बहुमुखी क्याम्पसमा अखिलका जिल्ला उपाध्यक्ष रोशन भण्डारी र अखिल क्रान्तिकारीका जिल्ला सचिव कविन्द्र पौडेलको नेतृत्वमा, कन्काई क्याम्पस सुरुङ्गामा अखिल सहसचिव नवीन राई र अखिल क्रन्तिकारीको कोषाध्यक्ष उत्सव वास्तोलाको नेतृत्वमा क्याम्पस प्रमुखको कार्यकक्ष अगाडि प्रदर्शन गरेका छन् । विदाको दिन परेकोले बन्द रहेको मेची वहुमुखी क्याम्पसमा आज विहान १० बजे सोहि कार्यक्रम गर्ने अखिल क्याम्पस कमिटी अध्यक्ष असोक खतिवडाले जानकारी दिए ।

झापामा २०७३ सालमा ९ वटा क्याम्पसमा स्ववियु चुनाव भएको थियो । प्रत्येक २ वर्षमा हुने स्ववियु निर्वाचन यो वर्ष त्रिभुवन विश्वविद्यालयको क्यालेन्डरमा फागुन १४ गते राखिएको थियो । तर, आजसम्म कार्यतालिका घोषणा नगरेकोले विद्यार्थीहरूको अधिकारको निम्ति आन्दोलित हुनुपरेको अखिल क्रान्तिकारीका अध्यक्ष अनिल सुवेदीले जानकारी दिए । विद्यार्थीको साझा प्रतिनिधि पठाउने स्ववियुको निर्वाचन अनिवार्य गराउनुपर्ने र कार्यतालिका घोषणा नभए अझ कडा आन्दोलनमा उत्रिने अनेरास्ववियु झापा जिल्ला अध्यक्ष मनोज ताम्लीले चेतावनी दिएका छन् ।

त्रिविले स्ववियु निर्वाचन समन्वय एवम् निरिक्षण समिति घोषणा गर्नु सकारात्मक भएको भन्दै चाँडै निर्वाचन तालिका सार्वजनिक गर्नुपर्ने अनेरास्ववियू भूगोल अध्यक्ष दुर्गा धमलाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit