२०८३ बैशाख २५ शुक्रबार
Search
Close this search box.

६० दिन सुतेको २१ लाख उपहार

झापा,यदि तपाईलाई कसैंले आनन्दले सुतेर टिभी वा फिल्म हेर्ने, भिडियो गेम खेल्ने, पढ्न पाउने जागिर भेटियो भने को खुसी नहोला र ? नासा र युरोपियन स्पेस एजेन्सी (एएसए)शून्य गुरुत्वाकर्षणको परीक्षणका लागि यस्तै २४ जनाको खोजी गरेको छ । यो परीक्षण ६० दिनसम्म चल्नेछ । यसका लागि प्रत्येकले तलब पनि पाउनेछन् । यो परीक्षण जर्मनीमा गरिनेछ ।

यसमा २४ स्वयंसेवकको आवश्यकता छ जो १२–१२ को समूहमा हुनेछन् । सबैले ६० दिन ओछ्यानमा नै बिताउनेछन् । यतिबेला स्वयंसेवकको टाउको हल्का तल र खुट्टा माथि हुनेछ । यसले रक्तसंचारमा कमी आउनेछ ।

लामो समयसम्म अन्तरिक्षमा बसेपछि अन्तरिक्षयात्रीका मांशपेशीमा असामान्य परिवर्तन आउन थाल्छ । नासा र इएसए शून्य गुरुत्वकर्षणमा शरीरमा कस्ता परिवर्तन आउँछ भनेर थाहा पाउन चाहन्छ ।

वैज्ञानिकले दोस्रो राउन्डका लागि १२ स्वयंसेवकलाई लिनेछन् । यतिबेला उनीहरु टिभी, फिल्म हेर्न सक्छन्, गेम खेल्न सक्छन् र किताब पढ्न सक्छन् । यसका लागि नासाको समूहले प्रत्येक व्यक्तिलाई १९ हजार डलर अर्थात् २१ लाख रुपैयाँ दिनेछन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit