झापा,यदि तपाईलाई कसैंले आनन्दले सुतेर टिभी वा फिल्म हेर्ने, भिडियो गेम खेल्ने, पढ्न पाउने जागिर भेटियो भने को खुसी नहोला र ? नासा र युरोपियन स्पेस एजेन्सी (एएसए)शून्य गुरुत्वाकर्षणको परीक्षणका लागि यस्तै २४ जनाको खोजी गरेको छ । यो परीक्षण ६० दिनसम्म चल्नेछ । यसका लागि प्रत्येकले तलब पनि पाउनेछन् । यो परीक्षण जर्मनीमा गरिनेछ ।

यसमा २४ स्वयंसेवकको आवश्यकता छ जो १२–१२ को समूहमा हुनेछन् । सबैले ६० दिन ओछ्यानमा नै बिताउनेछन् । यतिबेला स्वयंसेवकको टाउको हल्का तल र खुट्टा माथि हुनेछ । यसले रक्तसंचारमा कमी आउनेछ ।

लामो समयसम्म अन्तरिक्षमा बसेपछि अन्तरिक्षयात्रीका मांशपेशीमा असामान्य परिवर्तन आउन थाल्छ । नासा र इएसए शून्य गुरुत्वकर्षणमा शरीरमा कस्ता परिवर्तन आउँछ भनेर थाहा पाउन चाहन्छ ।

वैज्ञानिकले दोस्रो राउन्डका लागि १२ स्वयंसेवकलाई लिनेछन् । यतिबेला उनीहरु टिभी, फिल्म हेर्न सक्छन्, गेम खेल्न सक्छन् र किताब पढ्न सक्छन् । यसका लागि नासाको समूहले प्रत्येक व्यक्तिलाई १९ हजार डलर अर्थात् २१ लाख रुपैयाँ दिनेछन् । एजेन्सी

तपाईको प्रतिक्रिया