२०८३ बैशाख २८ सोमबार
Search
Close this search box.

चरपानेमा निःशुल्क स्वास्थ्य शिविर

बिर्तामोड, चारपाने साना किसान कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा एक दिने निःशुल्क कान तथा आँखा शिविर सम्पन्न गरेको छ ।
दृष्टि आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा पञ्चरत्न माविको प्राङ्गढमा शिविर सम्पन्न भएको थियो । शिविरमा २ सय जनाले आँखा परीक्षण गराएका थिए भने १ सय ५० जनाले कान परीक्षण गराएको सहकारीकी प्रवन्धक मुना अधिकारीले जानकारी दिनुभयो ।
बिर्तामोड नगरपालिका उपप्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष सूर्यप्रसाद रिजालले गर्नुभएको थियो ।
शिविराज तीर्थराज ओझा र इच्छाराम पोखरेलले सेवाग्राहीको स्वास्थ्य जाँच गर्नुभएको थियो ।
संस्थाकी अध्यक्ष जानुका देवी सञ्जेलको अध्यक्षतामा भएको कार्यक्रममा पञ्चरत्न माविका प्रधानाध्यापक ज्ञानुनाथ मैनाली, बिर्तामोड–२ का अध्यक्ष नगेन्द्र संग्रौला, लगायतले बोल्नुभएको थियो ।
कार्यक्रमको संचालन संस्थाका सल्लाहकार लक्ष्मण दाहालले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit