बिर्तामोड, चारपाने साना किसान कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा एक दिने निःशुल्क कान तथा आँखा शिविर सम्पन्न गरेको छ ।
दृष्टि आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा पञ्चरत्न माविको प्राङ्गढमा शिविर सम्पन्न भएको थियो । शिविरमा २ सय जनाले आँखा परीक्षण गराएका थिए भने १ सय ५० जनाले कान परीक्षण गराएको सहकारीकी प्रवन्धक मुना अधिकारीले जानकारी दिनुभयो ।
बिर्तामोड नगरपालिका उपप्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष सूर्यप्रसाद रिजालले गर्नुभएको थियो ।
शिविराज तीर्थराज ओझा र इच्छाराम पोखरेलले सेवाग्राहीको स्वास्थ्य जाँच गर्नुभएको थियो ।
संस्थाकी अध्यक्ष जानुका देवी सञ्जेलको अध्यक्षतामा भएको कार्यक्रममा पञ्चरत्न माविका प्रधानाध्यापक ज्ञानुनाथ मैनाली, बिर्तामोड–२ का अध्यक्ष नगेन्द्र संग्रौला, लगायतले बोल्नुभएको थियो ।
कार्यक्रमको संचालन संस्थाका सल्लाहकार लक्ष्मण दाहालले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया