झापा । बिर्तामोड उद्योग वाणिज्य संघकी सहकोषाध्यक्ष तिलोत्तमा खत्रीले जन्मदिनको अवसर पारेर बिर्तामोड उद्योग वाणिज्य संघलाई २१ हजार रुपैयाँ प्रदान गरेकी छिन् ।

संघले स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोष’का लागि उनले सो रकम प्रदान गरेकी हुन् । संघले एक करोड रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । सो कोषमा हालसम्म २० लाख रुपैयाँ संकलन भएको छ ।
झापा–इलाम मैत्री संघकी अध्यक्ष समेत रहेकी उनले संघका अध्यक्ष राजु न्यौपाने र कोषका संयोजक राजकुमार घिमिरे ‘राजु’ लाई सो रकम प्रदान गरेकी थिइन् ।
यसैवीच संघले कोषवृद्धिका लागि सहयोग पु¥याएको भन्दै कदर–पत्रद्वारा तिलोत्तमा–प्रमोद कार्कीलाई सम्मान गरेको छ । समारोहमा संघका उपाध्यक्ष विशाल थापा, जीवन खड्का, महिला उद्यमी समूहकी अध्यक्ष हुमागाँई लगायतले जन्म दिनको अवसरमा शुभकामना दिएका थिए । बिर्तामोड उद्योग वाािण्ज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव कुशल खतिवडाले गरेका थिए
।

















