२०८३ असार १० बुधबार
Search
Close this search box.

भरुवा बन्दुकसहित पक्राउ

 

इलाम, सूर्योदय नगरपालिका–५ शान्तिधाराबाट अवैध रूपमा राखिएका तीन थान भरुवा बन्दुकसहित एकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बन्दुकसहित ४३ वर्षीय हर्कबहादुर लिम्बूलाई पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अवैध रूपमा राखिएका हतियार बुझाउन सरकारले ३५ दिने सूचना जारी गरेको छ । सूचना जारी भएपछि प्रहरीले अवैध रूपमा राखिएका हतियारमाथि निगरानी बढाएको छ । यही चैत १ गते सूचना जारी गर्दै सरकारले तोकेको म्यादभित्र अवैध हतियार बुझाए यसअघि अवैध हतियार राखेबापत कुनै कारवाही नहुने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit