बिर्तामोड, आफ्नो नगरलाई भ्रष्टाचार मुक्त राख्न बिर्तामोड नगरपालिकाले पहल सुरु गरेको छ । झापाका १५ वटै स्थानीय तहले आफ्नो गाउँ तथा नगरलाई भ्रष्टचार मुक्त बनाउने भनिरहदा बिर्तामोड नगरपालिकाले भने सामाजिक सञ्चालमै सूचना प्रकाशन गर्दै नगरका कुनै वडामा विकास निर्माण लगायतका जुनसुकै काममा भ्रष्टचार गरेको पाइए सूचना गरिदिन आग्रह गरेको छ ।
बिर्तामोड नगरपालिका –२ का अध्यक्ष नगेन्द्र संग्रौलाले सामाजिक सञ्जाल फेसवुकबाट भन्नुभएको छ – बिर्तामोड नगरपालिकाका सवै वडाहरुमा कहाँ क–कस्ले भ्रष्टाचार गरेको पाइएको छ आम उपभोक्ता दाजुभाई दिदी वहिनीहरुलाई गोप्य सूचना गरी सहयोग दिनहुन अनुरोध गर्दछु । 
अध्यक्ष संग्रौलाले गोप्य सूचनाका लागि सामाजिक सञ्जालमै मोवाइल नम्वर समेत उपलव्ध गराउनु भएको छ । उहाँले यदि बिर्तामोड नगर क्षेत्रभित्र कुनै ठाउँमा भ्रष्टाचार भएको भए गोप्य रुपमा सूचना दिन भन्दै दुई वटा मोवाइल नम्वर ९८०४९१९००० र ९८४२६५४१०० प्रदान गर्नुभएको छ ।

















