बेइजिङ , चीनको झियामेन सहरमा एक महिलाले यस्ता दुई जुम्ल्याहा सन्तानलाई जन्माइन्, जसका पिता अलग अलग हुन् । डीएनए टेस्टमा यस्तो कुरा खुलासा भएको हो । महिलाले आफ्ना श्रीमानसँगै अर्का पुरुषसँग पनि सम्बन्ध स्थापित गरेको पनि उक्त रिपोर्टसँगै खुलासा भएको बताइएको छ ।

बावुआमा बनेको उक्त जोडी जब आफ्ना सन्तानको नाम प्रहरीकहाँ दर्ता गराउन गए त्यसबेला यस्तो कुराको खुलासा भएको हो । प्रहरीले डीएनए टेस्ट गराउने क्रममा यस्तो खुलासा भएको थियो ।

सोधपुछको क्रममा महिलाले स्वीकार गरिन् गल्ती

सँगै जन्मिएका दुई सन्तानको भिन्न अनुहार देखिएपछि बावुले शंका गर्दै यसबारे चासो देखाए । फलस्वरुप प्रहरीकहाँ डीएनए टेस्टसँगै महिलालाई सोधियो । महिलाले भने सुरुमा जवाफ दिएकी थिइनन् । पछि डीएनए रिपोर्ट आएपछि आफूले फरक दुई पुरुषसँग सम्बन्ध राखेको स्वीकार गरेकी थिइन् । यससँगै उक्त दम्पत्तिले पाएको जुम्ल्याहा सन्तानको बारेमा चीन र विदेशमा समेत समाचार बनेको छ । अन्तर्राष्ट्रिय मिडियाले यस घटनालाई एक अनौठो समाचारको रुपमा सन्प्रेषण गरेका छन् । एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया