२०८३ बैशाख २५ शुक्रबार
Search
Close this search box.

महिलालाइ ब्यवसायिक सिप

इलाम, इलामको रोङ गाउपालिकाले स्वरोजगार बनाउन चालुबर्षमा १ सय २९ जना महिलाहरुलाइ बिभिन्न प्रकारको तालिम प्रदान गरेको छ ।
समाजमा रोजगारीको लागि बिदेशमात्रै गन्तब्य हो भन्ने भावना परिवर्तन गरि स्थानिय रुपमा पनि केही काम गरेर स्वरोजगार बन्न सकिन्छ भन्ने देखाउदै आर्थिक समृद्धिको लागि ब्यवसायिक तालिमको ब्यवस्था गरिएको हो । जहा जे संभावना छ त्यसैबाट महिलाहरुलाइ ब्यवसायिक बनाउन गाउपालिका र वडाहरुको समेत गरि कुल ९ लाख बजेट रहेकोमा वडाकै छनौ्रट ्र मागअनुसार वडा नं १ मा १ लाखको लागतमा कफी खेतीको उत्पादन र प्रसोधन तालिम गरिएकोमा वडाका ४५ महिला सहभागि
भएका थिए । यसं गरि वडा नं २ मा गाउपालिका र धरेलु तथा साना उद्योग कार्यलय इलामको साझेदारीमा १ लाख २० हजारको लागतमा केराको परिकार वनाउने तालिम गरिएकोमा ९ जना महिलाहरु सहभागि भएका थिए । यसै गरि वडा नं ३ मा गाउपालिका र गोपालगौरी दिगो बिकास प्रतिष्ठानको साझेदारीमा १ लाखको लागतमा मोतिमाला निमार्ण गर्ने तालिम संचालन गरिएकोमा २० जनाको सहभागिता रहेको थियो । वडा नं ४ मा गाउपालिका र गोपालगौरी दिगो बिकास प्रतिष्ठानको साझेदारीमा १ लाख ९८ हजारको लागतमा ३ महिने ढाका बुनाइ तालिम संचालन भइ रहेकोमा ९ जना महिलाहरुको सहभागिता रहेको छ । वडा नं ५ मा १ लाखको लागतमा खेलौना बनाउने तालिम संचालन भएकोमा २२ जनाको सहभागिता रहेको र वडा नं ६ मा भने १ लाख ४० हजारको लागतमा अलैचीको सरावाट बिभिन्न प्रकारको सामाग्री निमार्ण संबन्धि तालिम संचालन गरेकोमा वडाको २३ जना महिलाहरुको सहभागिता रहेको थियो ।
यसरी महिलाहरुलाइ आयमुलक मात्र हैन समसामायिक बिषयहरुमा सचेत गराउनको लागि गाउपालिकाको सबै वडाहरुमा मुलुकी देवानी संहिता २०७४ संबन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गरिएको थियो । मुलुकमा लागु भएको नया कानुन भएको कारण यसमा भएको कुराहरुको बारेमा जानकारी गरोन हरेक वपडाका महिला संजालका पदाधिकारीहरु, बिभिन्न संघ संस्थाको महिला पदाधिकारीहरु लगायतका हरेक बडामा ३० देखी ३५ जनाको सहभागि गराएर प्रशिक्षण गराइएको गाउ पालिकाको उपाध्यक्ष चन्द्रकला राइले बताए ।
महिलाहरुलाइ स्वरोजगार बनाउन तालिम दिएपछि उक्त तालिममलाइ ब्यबहारमा उतारेर ब्यवसायिक बन्ने कुरामा गाउपालिकाले आशा गरेको र सिपलाइ ब्यबाहरमा देखाउन गाउपालिकाले निरन्तर सहयोग गरिरहने उपाध्यक्ष चन्द्रकला राइले बताए । यता तालिममा सिकेको ज्ञानले आफुहरुलाइ स्वरोजगार बनाउन सहयोगी बनेको रोङ ३ बाट मोतिमालाको तालिम लिएपछि अहिले अरुलाइ सिकाउदै गरेकी सुजाता बिश्वकर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit