२०८३ असार १० बुधबार
Search
Close this search box.

इटहरीको तालतलैयाको विकासमा ४१ लाख डलरको प्रस्ताव

सुनसरीः चैत १५ देखि काठमाडौमा हुने लगानी सम्मेलनमा इटहरीको पर्यटकीय स्थल तालतलैयाको बिकासका लागि ४१ लाख अमेरिकी डलरको परियोजना प्रस्तुत हुने भएको छ ।

इटहरी थिम पार्क वीथ होटल नामको परियोजना प्रस्तुत गर्न लागिएको लगानी वोर्डका रत्नेश्वर शशीले जानकारी दिए । उनका अनुसार लगानी सम्मेलनमा ४१ लाख अमेरिकी डलरको सो परियोजनामा लगानीका लागि आवहान गरिनेछ । परियोजनामा वालवालिका तथा वयस्क मान्छेहरुका लागि स्पोर्टस् पाराडाइस सहितको पार्क, रोलर कोष्टर, घोडचढि, स्वीमिङ पूल, वालवालिका र वयस्कका लागि पानीमा खेलिने खेलहरु सहित विभिन्न खेल तथा मनोरञ्जनका संरचनाहरु हुनेछन् ।

tal-talaiyaa

यसैगरि, ८० कोठा भएको क्यासिनोसहितको होटल पनि रहनेछ भने ढुंगे मूर्तीहरुको म्यूजियम, चिडियाखाना, जातीय संग्राहलय, फुडकोर्ट पनि हुनेछ । यस्तै, स्वास्थ्य केन्द्र, वोटानिकल गार्डेन समावेश गरिएको छ । कपुरी न्यूजबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit