झापा, अहिले हरेक दिनजसो नयाँ र अनौठा घटनाहरु भइरहेका हुन्छन् । नेपालमा मात्रै नभई भारतमा पनि हरेक दिन नयाँ र अनौठा घटनाहरु भइरहेका छन् । यस्तै भारतमा अर्को अनौठो घटना भएको छ । भारतको राजस्थानको धौलपुरमा विवाह पछि सुहागरातको रात दुलही भागेकी छिन् ।
भाग्नुको कारण अझ रोचक रहेको छ । वास्तवमा भएको के हो भने ४० वर्षका एक व्यक्तिले २० वर्षको तस्विर देखाएर केटीसँग विवाह गरेका थिए । यति मात्रै नभई ति व्यक्ति पहिले देखि नैं विवाहित थिए र उनका एक सन्तान पनि रहेका थिए ।
उत्तर प्रदेशका केही दलालहरुले ति व्यक्तिको विवाह गराउँनको लागि दुई लाख भन्दा धेरैं रकम लिएका थिए । ति युवत्तीले २० वर्षको युवा भएको भन्दैं विवाहको लागि राजि भईन तर विवाहको पहिलो रात नैं भागेर गईन् ।
उनले विवाह गर्दा पनि दुलाहलाई देखेको हुनुपर्छ तर सुहागरातमा के देखेर भागिन् त्यो अहिले निकै सोचनिय कुरा भएको छ । प्रहरीले ति व्यक्तिलाई नियन्त्रणमा लिएरको छ । अहिले दलालहरुको खोजि भइरहेको छ । प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।

















