२०८३ बैशाख २५ शुक्रबार
Search
Close this search box.

तस्करीमा महिला पनि सक्रिय

भद्रपुर , पछिल्लो समययता भद्रपुर नाकामा महिला तस्करीमा सक्रिय बन्न थालेका छन् । महिला तस्कर समूहले भित्राएको करिब पाँच लाख मूल्य बराबरको लत्ताकपडा वडा प्रहरी कार्यालय भद्रपुरले बरामद गरेपछि यस्तो खुलासा भएको हो ।
वडाका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठका अनुसार भद्रपुर– गलगलिया नाका जोड्ने भद्रपुर ५ स्थित मसानघाट नजिकैबाट भित्राइएको उक्त मूल्य बराबरको लत्ताकपडा प्रहरीले बसपार्क छेऊको ठन्डाबस्तीबाट शनिवार राती बरामद गरेको हो ।
भद्रपुरबाट महिला तस्कर समूहले लत्ताकपडा भित्राइरहेको विशेष सूचनाको आधारमा प्रहरीले उक्त सामान बरामद गर्न सफल भएको जनाइएको छ । बरामद गरिएको सामानमा कुर्ती, कुर्ता सुरुवाल, साडी, नेटको कपडा, सुति थान, सिल्क थान लगायतका लत्ताकपडा रहेको र जसको बजार मुल्य ५ लाख रहेको वडाका प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । बरामद गरिएको सामानलाई भद्रपुर भन्सार बुझाउने तयारी भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit