- तीर्थराज खरेल

झापा,आजको युग विश्वव्यापीकरणको युग हो । विज्ञान र प्रविधिले ल्याएका नवीनतम परिवर्तनबाट कुनै समाज, देश र भूगोल अछुतो रहन सक्दैन । हरेक चिन्तन र आविष्कारको अन्तर्यमा शिक्षा र ज्ञानको अहम् भूमिका हुन्छ । आजको शिक्षाको मुख्य ध्येय युगका चुनौतीलाई आत्मसात गर्दै परिवर्तित सन्दर्भमा समायोजन हुने नागरिक तयार पार्ने हो । त्यसमा पनि आजको शिक्षाले विश्वमानव तयार पार्ने हो । आजको मूल समस्या भनेको नैतिक मूल्यमान्यताको ¥हास र हरेक समस्यालाई मानवताको आँखाले नहेरेर घाटानाफाको नजरले हेर्ने प्रवृत्तिको बढोत्तरी हो ।
तसर्थ मानवीय मूल्यमान्यतासहितको युगानुकूल शिक्षा आजको माग हो । भूमण्डलीकरणको यो युगमा आफ्ना नानीबाबुहरुलाई भविष्यमा अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिष्पर्धा गर्न सक्ने गरी कसरी शिक्षित बनाउने होला भनेर चिन्ता नै आज सबै अभिभावकको चिन्ता हो । यस्तो चिन्ता व्यक्त गर्ने अभिभावकहरुको संख्या शहरोन्मुख कनकाई नगरीमा दिनानुदिन बढ्न थालेको छ । विभिन्न शहरहरुमा अभिभावकहरुको यस्तो चिन्तालाई सम्बोधन गर्ने गरी बालबालिकाको शिक्षाको निम्ति आधुनिक प्रि–स्कुलहरु सञ्चालन हुने गरेका छन् । अझ महानगर र उपमहानगरहरुमा त विभित्र अन्तर्राष्ट्रिय स्कूलका शाखा प्रशाखा नै पनि खुल्ने गरेका छन् । कनकाई नगरीका शिक्षाप्रेमी अभिभावकहरुको यस्तै आवश्यकतालाई मध्यनजर गरेर ‘हाम्रो पाठशाला’ नामक आधुनिक विद्यालय स्थापना भएको छ । कनकाई नगरपालिका वडा नं. ३ मा बालबालिकाको युग अनुकुल शिक्षा प्रदान गर्ने मूल उद्देश्यसहित बालकेन्द्रित विधिप्रविधिलाई आत्मसात गर्ने अत्याधुनिक ‘हाम्रो पाठशाला’ शैक्षिक सत्र २०७६ देखि सञ्चालन हुन लागेको छ । यसका पूर्व प्राथमिक कक्षाहरु मन्टेश्वरी अवधारणाका आधारमा र प्राथमिक तहका कक्षाहरु त्यसैको उन्नत अवधारणाको आधारमा सञ्चालन हुनेछन् । नेपाल सरकारले बालबालिकाको शिक्षाको निम्ति तय गरेको पाठ्यक्रमलाई केन्द्रमा राखेर उनीहरुको सर्वाङ्गीण विकासको लागि खुला पाठ्यक्रम समेत प्रयोग गर्ने तयारी गरिरहेको यो विद्यालयले दैनिक आठ घन्टे स्कुलिङ्ग गर्ने बुझिएको छ । कलानिधि शिक्षा प्रतिष्ठान निजी शैक्षिक गुठीद्वारा सञ्चालित यस विद्यालयमा सञ्चालनको पहिलो वर्ष कक्षा नर्सरी, एल.केजी. र युकेजीका कक्षा सञ्चालन गरिने बताइएको छ ।
कोइरालासँग भएको ३२ वर्ष लामो शिक्षण अनुभवका साथै विषय वस्तुको गहिरो ज्ञानको भरपुर सदुपयोग गर्दै विद्यार्थीहरुलाई अनुशासन र समय सापेक्ष संस्कारको शिक्षा दिने योजना रहेको बताइएको छ । तत्कालीन समयमा आर्थिक अवस्था ज्यादै न्यून भएका कनकाई नगरका स्थायी बासिन्दा कोइरालाले ३२ वर्ष अघि सुकेडाँगीस्थित तत्कालीन जानकी प्राविवाट शिक्षण कार्य प्रारम्भ गरेका हुन् ।

दैनिक जीविकोपार्जनका लागि अध्ययनसँगै अध्यापनलाई समेत निरन्तरता दिँदै आएका कोइरालाले सुरुङ्गास्थित कनकाई मावि, श्रीहरिकुल नमुना मावि, कनकाई बहुमुखी क्याम्पस लगायतका शैक्षिक संस्थाहरुमा एक दशकको समय खर्चिएका थिए । त्यसपछिका दिनहरुमा काठमाण्डौस्थित ह्वाइट हाउस, बर्नहार्ट, लिटल एन्जल्स जस्ता चर्चित क्याम्पस साथै रातो बंगाला, एम्बिसन एकाडेमी लगायतका शैक्षिक संस्थाहरुमा जिम्मेवारीका साथ शिक्षा सेवामा लामो समय बिताएका कोइरालाले अन्ततः आफू जन्मेको माटोमा आफ्नो अनुभव पोख्न खोजेको बताएका छन् । हाल दुई वर्षदेखि दुर्गापुरस्थित नवयुग शिक्षा निकेतनमा प्रिन्सिपलका रुपमा कार्यरत कोइरालाले नर्सरीदेखि कक्षा १० सम्मका लागि अनिवार्य गणित र अतिरिक्त गणितका पाठ्य सामग्रीका रुपमा रहेको किताब समेत प्रकाशित गरिसकेका छन् ।

काठमाण्डौं, भक्तपुर र झापाका विभिन्न विद्यालय तथा महाविद्यालयमा लामो समय शिक्षण पेशामा संलग्न रहेका शिक्षासेवी अखिलकुमार कोइरालाको पहलमा स्थापित उक्त विद्यालय कनकाई नगरमै फरक पहिचान र आधुनिक शिक्षण शैली अङ्गिकार गर्ने विद्यालय बन्ने कोइरालाको दावी छ । शिक्षण पेशामै आबद्ध धर्मपत्नी धर्मकला कोइराला र अध्ययनमा गहिरो रुची भएकी उच्च माध्यमिक विद्यालय (+२) स्तरीय परीक्षामा विज्ञान संकायमा बोर्ड प्रथम समेत भैसकेकी हाल डेकिन युनिभर्सिटीमा डेटा एनालाइटिक्समा मास्टर्स गरिरहेकी छोरी आस्था कोइराला समेत संस्थापक रहने गरी यो विद्यालय सञ्चालनमा आउन लागेको हो ।

३२ वर्ष लामो शिक्षण अनुभव र विषवस्तुप्रतिको ज्ञानको तारिफ गर्ने अखिल सरका शिष्यहरु सयौं होइन, हजारौंको संख्यामा छन् । सबै शिक्षकले विद्यार्थीको हृदयमा उत्तिकै प्रभाव जमाउन सक्दैनन् । अखिल सरको हकमा कुरा अलग हो । उनले नेतृत्व गर्ने विद्यालयमा शैक्षिक उत्रयन मात्र होइन विद्यार्थीहरुको अनुशासन र संस्कार पनि उत्रत स्तरको हुने उहाँकै पूर्व विद्यार्थीहरुको विश्वास छ । अब अभिभावकहरुको प्रत्यक्ष सहभागिता बिना बालबालिकाको शिक्षा पूर्ण नहुने मत राख्ने कोइराला विद्यालयहरु बालबालिकाको शिक्षाको निम्ति अनुसन्धान केन्द्र बत्रुपर्ने धारणा राख्छन् । सानो उमेरदेखि नै सिक्ने र अनुसन्धान तथा खोजी गर्ने काममा विद्यार्थीलाई लगाउन सके मात्र विद्यालयले आजको युगका चुनौतीहरु सामना गर्ने विद्यार्थीहरु उत्पादन गर्न सक्छन् भत्रे तर्क दिन्छन् कोइराला ।

उनको विचारमा आजका शिक्षकहरुको काम भनेको सिक्न, खोजी गर्न र अनुसन्धान गर्न विद्यार्थीलाई सहजीकरण गर्ने हो । ‘हाम्रो पाठशाला’ विद्यालयमा नानीबाबुको अध्ययन र अनुसन्धानमा अभिभावकहरुको सक्रिय सहभागिता हुनेछ र आफ्नो शिक्षाको निम्ति विद्यार्थीहरु स्वयं नै अनुसन्धानमा रहनेछन् । अखिल कोइरालासँगको कुराकानीमा शिक्षा जसलाई चाहिने हो उसको सक्रिय सहभागितालाई व्यवस्थित गर्नै पर्ने तर्क पटकपटक दोहो¥याए । आफ्नै जग्गामा विद्यालय सञ्चालन अभिप्रायले निर्मित भवनमा अत्याधुनिक शैक्षिक सामग्री सजिएका खुला, उज्याला र हावा सरर बहने कक्षा कोठाहरु, प्रयोगशाला, बालसुलभ खेल सामग्रीहरु, बालबालिकाका निम्ति पुस्तकालय र चिटिक्क परेको फूलबारी तयार पारिएको छ । एक आधुनिक शैक्षिक केन्द्रको रुपमा ‘हाम्रो पाठशाला’ स्थापित हुने विश्वास गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया