२०८३ श्रावण २४ आईतवार
Search
Close this search box.

मणि थुक्पा उद्योग पूर्वमै उत्कृष्ठ

झापा,डम्वरकुमारी श्रेष्ठ महिला उद्यमी हुनुहुन्छ । उहाँले सञ्चालन गरेको उद्योग प्रदेश नम्वर १ मै उत्कृष्ठ भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले राष्ट्रिय खाद्य स्वच्छता दिवसको अवसर पारेर प्रदेश नम्वर १ मा रहेका उद्योगहरु मध्ये श्रेष्ठले सञ्चालन गरेको उद्योगलाई उत्कृष्ठ उद्योगको रुपमा पुरस्कृत गरेको छ ।

श्रेष्ठले अर्जुनधारा नगरपालिका –१० मा मणि थुक्पा उद्योग सञ्चालन गर्नुभएको छ । उहाँले झण्डै १५ वर्ष अघि २० लाख रुपैयाँ लगानी गरेर शुरु गरेको उद्योग अहिले पूर्वमै अब्बल दहरिदै पुस्कृत भएको छ ।

घरेलु तथा साना उद्योगहरु मध्ये श्रेष्ठले सञ्चालन गरेको उद्योगले पछिल्लो दुई वर्ष यता रंङ र केमिकल रहित थुक्पा सहित १५ प्रकारका खाद्य सामग्री उत्पादन गर्दै आएको छ । स्वास्थ्यका दृष्टिकोणले पोषणयुक्त खाद्य वस्तु उत्पादनमा उल्लेख्य भूमिका निर्वाह गरेको जनाउँदै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सो उद्योगलाई प्रदेश नंम्वर १ मा उत्कृष्ठ घरेलु तथा साना उद्योगका रुपमा पुरस्कृत गरेको हो । विभागले दशौं राष्ट्रिय खाद्य स्वच्छता दिवस तथा दोस्रो खाद्य स्वच्छता महिनाको अवसरमा सात प्रदेशका सात उद्योगलाई पुरस्कृत गरेको बताइएको छ ।

स्वाच्छ र गुणस्तरीय खाद्य उत्पादन नै उद्योगको प्रमुख प्राथमिकता हो उद्योगका सञ्चालक श्रेष्ठले भन्नुभयो –‘हामीले विगत दुई वर्षदेखि मिसावट रहित, रङ र केमिकल रहित खाद्य वस्तु उत्पादन गर्दै आएका छौं ।’

खाद्य नियमावली २०७० को अनुसूची १० को दफा २२ मा प्रति किलोमा रङ दुई सय मिलिग्राम नबढाई हाल्ने प्रावधन भएपनि पकाएको खानेकुरामा रंग हाल्न नपाइने उल्लेख छ । तर, पछिल्लो समय अधिकांश तयारी खानामा रंङको प्रयोग गरिएको हुन्छ । यसले स्वास्थ्यमा प्रत्यक्ष असर पु¥याउने चिकित्सकको भनाई छ ।

रङ हालेको खानेकुराको सेवनले तत्काल मानव स्वास्थ्यमा असर नपरेपनि दीर्घकालमा यसले गम्भीर असर पु¥याउने गरेको चिकित्सकले बताएका छन् । महिलालाई पाठेघरमा क्यान्सर, आन्दा, कलेजो,मृगौला तथा अन्य अंगमा पनि क्यान्सर हुने , बच्चाहरुमा मानसिक सन्तुलन बिग्रने र अर्काे पुस्तामा पनि यसका असर पुग्ने विशेषज्ञको भनाई छ ।

पछिल्लो समय नेपालमा रंङ र केमिकल युक्त खाद्य सामग्री विक्री बितरणमा सरकारले नै रोक लगाएपनि लुकी छिपी विभिन्न उद्याोगले यस्ता सामग्री बिक्री बितरण गर्दै आएका छन् । तर, अर्जुनधारामा रहेको मणि थुक्पा उद्योगले अभियान स्वारुप स्वाच्छ र गुणस्तरीय खाद्य सामग्री उत्पादन गरिरहेको छ । फलस्वरुप खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सो उद्योगलाई पूर्वको उत्कष्ठ उद्योगका रुपमा पुरस्कृत गरेको बताइएको छ ।

दश जनालाई रोगगारी

मणि थुक्पा उद्योगले अहिले दश जनालाई रोगजारी प्रदान गरेको छ । पूर्वको झापा , इलाम, पाँचथर र ताप्लेजुङसहित मोरङ तथा सुनसरीमा समेत यो उद्योगको उत्पादन पुग्ने गरेको बताइएको छ । कुल मागको दश प्रतिशत मात्र आफ्नो उद्योगको सामग्री वजारमा जाने गरेको सञ्चालक श्रेष्ठको भनाई छ । उहाँ भन्नुहुन्छ –‘पछिल्लो समय थुप्का लगायत तयारी नुडल्सको माग पूर्वमा अधिक छ हामीलाई धान्नै गाह्रो छ ।’उत्पादनका हिसावले हामीले कम मात्रै सामग्री उत्पादन गर्न सकेका छौं श्रेष्ठले भन्नुभयोे –‘तर, गुणस्तरमा भने कुनै कञ्जुस्याई छैन ।’

हाल उद्योगले नेपालमै पहिलो पटक सोलार प्रविधिबाट थुक्पा सुकाउने मेसिन भित्र्याउन लागेको उहाँले बताउनुभयो । हामीले उत्पादन गरेको सम्पूर्ण सामग्री ‘जङ्गफुड’ अन्तरगत पर्दैन श्रेष्ठले भन्नुभयो –‘हामी फापर, आँटा र भेजिटेवल सामग्री वजारमा लिएर आएका छौं निकट भविश्यमै ननभेजिटेवल सामग्री पनि बजारमा ल्याउँछौं जसका लागि ल्याव टेष्टमा पठाएका छौं ।’

श्रेष्ठको उद्योगमा उत्पादित सवै सामग्री अजिना ,रंङ र केमिकल रहित हुने गरेको बताइन्छ । झापाका वजारमा अझैंपनि रंङ र केमिकल युक्त नुडल्स विक्री हुँदै आएको छ । सरकारले नै रोक लगाएको रङ युक्त खाद्य सामग्री खुलेआम विक्री भइरहदा पनि त्यसलाई रोक्न सरकार आफैं पछि परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै