बिर्तामोड, सधै धुलो र घामसँग लड्दै आएका ट्राफिक प्रहरीहरुको आफ्नै काममा व्यस्त हुन्छन् ।
कहिले सवारी चालकका धनीसँग जुवारी खेल्नु पर्ने त कहिले धुलो र घाम । घामको कुनै प्रवाह नगरी १२ घन्टा ट्राफिक प्रहरीको पोसाक लगाएर टिउटीमा खटिएका प्रहरीको पनि आफ्नै ब्याध्यता छ । उता आफ्नो स्वास्थ्य चेकचाज गर्न समेत फ्ुर्सद हुँदैन । तिनै ट्राफिक प्रहरीहरुको आईतबार आफ्नै कार्यलयमा पुगेर स्वास्थ्य जाँच गराएका छन् । १५ दिने ट्राफिक सचेतना अभियान अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको परिसरमा विएण्डसी अस्पतालले उनीहरुको स्वास्थ्य जाँच गरेको थियो ।
अस्पताललको चिकित्सकको टोलीले ५४ जना ट्राफिक प्रहरीको स्वास्थ्य जाँच गरेको अस्पताललका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिनुभयो । 
यस अघि जनसम्पर्क अधिकारी गिरीले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारीलाई स्वास्थ्य जाँचको कार्ड हस्तान्तरण गर्नुभएको थियो ।

















