२०८३ बैशाख २५ शुक्रबार
Search
Close this search box.

अलैंची व्यवसायी महासंघको अध्यक्षमा कार्की

झापा,नेपाल अलैंची व्यवसायी महासंघको आगामी तीन वर्षे कार्यकालका लागि ओमकृष्ण विमलीलाई हराउँदै अध्यक्षमा राजकुमार कार्की निर्वाचित हुनुभएको छ । आइतबार धनकुटाको हिलेमा भएको महासंघको छैठौँ साधारण सभा तथा तेस्रो केन्द्रीय महाधिवेशनमा भएको निर्वाचनमा अध्यक्ष पदको उम्मेदबार रहनुभएका विमलीले ४१ र कार्कीले १११ मत ल्याउनुभयो ।
महासंघको वरिष्ठ उपाध्यक्षमा संखुवासभाका सुमन श्रेष्ठ, कृषि उपाध्यक्षमा पाँचथरका नरेन्द्र अधिकारी र वाणिज्य उपाध्यक्षमा बिर्तामोडका इन्द्र विन्दल निर्विरोध निर्वाचित हुनुभएको छ ।
यस्तै महासचिव पदमा बिर्तामोडका सुवास भट्टराई, सचिवमा इलामका मात्रिका घिमिरे र कोषाध्यक्षमा बिर्तामोडका निमेष मित्तल निर्विरोध चयन हुनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit