२०८३ असार १० बुधबार
Search
Close this search box.

१० हजार लाइकले ६० हजारसम्म कमाइ

काठमाडौं ,विश्वमै लोकप्रिय बन्दै गएको व्यक्तिमार्फत सामाजिक सञ्जालमा गरिने मार्केटिङ नेपालमा पनि बढ्न थालेको छ । हाल ब्रान्डहरुले आफ्ना कन्टेन्ट सेयर गरिएको पोस्टमा १० हजार लाइक्स आएमा सेलेब्रिटी इन्फ्लुएन्सलाई ६० हजार रुपैयाँसम्म दिने गरेका छन् ।

पछिल्लो समय स्वस्तिमा खड्कालाई रेडियो, टेलिभिजनभन्दा सामाजिक सञ्जालबाट विज्ञापन गरिदिन बढी आग्रह आउँछन् ।

उनले केही अघि आफ्नो इन्स्टाग्राम र फेसबुक एकाउन्टबाट विभिन्न मोबाइल फोन र सौन्दर्य प्रशाधनको प्रचार गरिदिइन् । पछिल्लो पटक ‘माई लभ, माइ च्यालेन्ज’ का लागि पनि उनले पोस्ट गरेकी थिइन् ।

विश्वमै लोकप्रिय बन्दै गएको व्यक्तिमार्फत सामाजिक सञ्जालमा गरिने मार्केटिङ नेपालमा पनि शुरु भएको छ । यसमा स्वस्तिमाजस्ता सेलिब्रिटीदेखि सामाजिक सञ्जालका जो कोही आम प्रयोगकर्तामार्फत वस्तु तथा सेवाको प्रचार गरिन्छ । समाचार कान्तिपुर दैनिकले प्रकाशित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit