बिर्तामोड, सरकाले चाहेमा के हुदैन र ? एउटा किसानले समाजलाई परिर्वतन गर्न सक्छ भन्ने उदाहरण बन्नुभएको छ – झापाको बुद्धशान्ति–५ शान्तिनगरका ६० वर्षीय बलभद्र गडतौला ।

झापाको बुद्धशान्ति, अजुर्नधारा र मेचीनगरको बाहुनडाँगी क्षेत्रलाई सरकारले सुपारी जोन घोषणा गरेर सुपारी खेती प्रति किसानलाई आकर्षित गरिरहेका बेला बुद्धशान्तिका गडतौला भने सुनसरीको धरान उपमहानरपालिका–६ स्थित पानवारीका किसानलाई सुपारी खेती, प्रशोधन लगायतका विषय सिकाई रहनुभएको छ ।
गडतौलालाई धरानमा सुपारी ‘बा’ नामले चिनेने गरिएको छ । करिब ६ वर्षदेखि उक्त क्षेत्रमा सुपारी खरिदका लागि जाने गरेका गडतौलाले गत वर्षबाट सोही स्थानमा प्रशोधन केन्द्र समेत सञ्चालन गरेर दैनिक ४० जनालाई रोजगारी दिएका छन् । बंगलादेशबाट आउने गरेका ब्यपारीले तोकेको मुल्यमा सुपारी बेच्न बाध्य भएका सो ठाँउका किसानका लागि गडतौला भगवानको अवतार झैं आएको स्थानीयको भनाई छ ।
धरान–५ पानवारीका अगुवा किसान कृष्णबहादुर कटुवाल भन्नुहुन्छ – सुपारी बा ले हाम्रो सुपारीको मुल्य दिनुभएको छ । यसअघि कौडिका भाउमा बेच्नुपर्ने सुपारीले मुल्य मात्र होइन हामीले धेरै ज्ञान पनि पाएका छौं । झापाका सुपारी बा ले हामीलाई धेरै कुरा सिकाउनुभएको छ हामीले उहाँलाई कहिल्यै भुल्न सक्दैनौं कटुवालले भन्नुभयो । 
जेठा छोरा टीकाराम कोरियमा रहेका छन् । कान्छो छोरा मास्टर गर्दैछन् भने एउटी छोरीपनि काठमाण्डौंमा सरकारी जागिरे । घरमा कान्छो छोरा र श्रीमतीलाई सुपारी खेतीको जिम्मा लगाएका बलभद्र धरानका किसानलाई सुपारी प्रशोधनको बारेमा सिकाई रहेका छन् । सुपारी प्रशोधन केन्द्रमा पुग्दा किसानहरु मत्र दङ्ग परेनन् बलभद्रपनि मख्ख देखिनुभयो । । झापाको एक सुपारी किसानले सुनसरीसम्म पुगेर प्रशोधन केन्द्र सञ्चालन गरेर धेरैलाई रोजगारी दिनुका साथै सुपारीले पनि मुल्य पाउन थालेपछि पानबारीका किसान देखिएका थिए ।
बिहान बेलुका घरको काम गर्ने र दिउँसो सुपारी छोडाउन आउदाँ घर खर्च मज्जाले चल्न थालेको स्थानीय कमला बुढाथोकीले बताउनुभयो । सुपारी रहरका लागि बारीका डिलमा रोका थियौं अहिले यसले राम्रो आम्दानी दिन थालेका छ अब त यसको बगान बनाउन सुपारी बा संग बिरुवा पनि मगाएका छौं भन्दै बुढाथोकीले भन्नुभयो –सुपारी खेतीको विषयमा एक किसानले यत्रो ज्ञान दिदाँ समेत सरकारी निकायले वास्ता गरेन् ।
अन्य नगदेबाली जस्तो धेरै मेनहत पनि गर्नुनपर्ने भएकाले पछिल्लो समय सुपारी खेती तर्फ पानबारीबासीहरु ऋाकर्षित हुदै गएका बेला सुपारी बा ले प्रशोधन केन्द्र सञ्चालन गरेर धेरैकुरा सिकाएको अर्की किसान पार्वता बुढाथोकीले उल्लेख गर्नुभयो । सबै किसानको साथ पाएका बलभद्र भन्छन्–शान्तिनगरको र पानबारीको हावापानी धेरै कुरा मिल्ने गरेको छ भने यहाँका किसानले मलाई धेरै राम्रो बयवहार गरेका छन् मैलेपनि किसानलाई अधिकतम् मूल्य दिने गरेको छु । प्रतिकिलो ३५देखि ४० रुपैंयामा खरिद गर्ने गरेको सुपारी प्रशोधनपछि झापाको धुलाबारी ल्याउने गरेको उनकोले जानकारी दिनुभयो । मोरङ र सुनसरीका विभिन्न स्थानबाट वार्षिक रुपमा १८ लाख मूल्यबराबरको सुपारी खरिद गर्ने गरेका बलभद्रले सुपारीमा सुनसरी जिल्लामा निकासी कर धेरै तिर्नुपरेको गुनासो गर्नुभयो । सरकारले कृषि क्षेत्रलाई प्रोत्सहान दिनुको सट्टा धेरै कर थोपरेर किसानमार काम गरिरहेको उल्लेख गर्नुभयो ।
भारतको आसाममा पुगेर सुपारी खेती, प्रशोधन, ग्रेडिङ लगायतका विषयमा करिब दुई महिना तामिल लिएका बलभद्रले आफ्नै घरमा पनि सुपारी प्रशोधन गर्ने गरेको बताउनुभयो । उहाँले हाल नर्सरीमा ३५ हजार बिरुवा हुर्काउदै गरेको र सुनसरी, मोरङका साथै बागलुङका किसानले समेत सुपारीको विरुवाको अडर गरेको उल्लेख गर्नुभयो । एकै स्थानमा द’ई वा तीन बालीसम्म लगाउन मिल्ने भएकाले सुपारी प्रति किसानको आकर्षण बढ्दै गएको उनको भनाई छ । सरकारले सुपारी निकासीलाई अझ सहज बनाएर भारत निकासी खुल्ला गरेमा किसानको सुपारीले उचित मूल्य पाउने उहाँको भनाई छ ।

















