झापा,अस्थायी करार शिक्षक संघर्ष समितिको झापा जिल्ला संघर्ष समिति गठन गरिएको छ ।
जिल्ला भरिका ८० जना भन्दा बढी अस्थायी करारमा कार्यरत शिक्षकहरुको कन्काई क्याम्पस सुरुंगामा भएको भेलाबाट १७ सदस्यिय संघर्ष समिति गठन गरिएको हो । नव गठित समितिको संयोजकमा टंक ढकाल रहनुभएको छ । त्यसैगरी सह–संयोजकमा ढकमाया शिवाकोटी, सचिवमा पुरुषोत्तम ढकाल, सह–सचिवमा किशोर कुमार गणेश रहनुभएको छ ।
मितिको कोषाध्यक्षमा उमा पास्वान तथा सदस्यहरुमा चन्द्र गणेश, जीवन सिटौला, शिला देवकोटा, नविना न्यौपाने, दिनेश गजुरेल, सरण प्रधान, बदन कुमार साह, खेमराज ताजपुरिया र भविस्इ विक्रम दुलाल रहनुभएको छ । मुलुक भरी रहेका अस्थायी करार शिक्षकहरुको हक हितको लागि नेतृत्व गर्दै आएको अस्थायी करार शिक्षकहरुको केन्द्रिय संघर्ष समितिलाई टेवा प्रदान गर्ने उद्देश्यले झापा जिल्लामासमेत संघर्ष समिति गठन गरिएको नव गठित समितिका संयोजक टंक ढकालले बताउनुभयो ।
राज्यले अस्थायी करारमा कार्यरत शिक्षकहरुलाई बेवास्ता गरेकोले आफूहरुले चरणबद्ध संघर्षका कार्यक्रमहरु अगाडी बढाउन लागेको ढकालले जानकारी गराउनुभयो । देश व्यापी रुपमा आन्दोलनका कार्यक्रमहरु सञ्चालन र परिचालग गर्दैै आएको अस्थायी शिक्षक संघर्ष समितिले अन्य शिक्षक सरह राहत शिक्षकहरुलाई समेत सेवा सुविधा प्रदान गर्नुपर्ने, आन्तिरक परिक्षामा सामेल गराईनु पर्ने, अस्थायी करार शिक्षकहरुको हक हित संरक्षण गरिनु पर्ने लगायतको माग राख्दै आएको छ ।
झापा जिल्लामा संघर्ष समितिले पुर्णता पाए सँगै केन्द्रिय स्तरबाट प्राप्त निर्देशनका आधारमा संघर्षका कार्यक्रमहरु घोषणा गरिने तथा पहिलो चरणको कार्यक्रममा जिल्ला शिक्षा कार्यालयमा ज्ञापन पत्र बुझाउने लगायतका कार्यक्रमहरु रहेको शिक्षक चन्द्र गणेशले बताउनुभयो । ढकमाया शिवाकोटीको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन टंक ढकालले गर्नुभएको थियो ।

















