भद्रपुर, पेशागत तथा प्रगतिशिल कानून व्यावसायी संगठन(पिपिएलए) र क्रान्तिकारी पेशागत कानून व्यावसायी संगठन( आरपीएलए) झापा बीच एकीकरण भई सयुक्त संगठन नेपाल कानून व्यावसायी संगठन झापा शाखा गठन भएको छ ।
भद्रपुर – १० को सभा कक्षमा पूर्व आरपीएलएका झापा अध्यक्ष अधिवत्ता कालिप्रसाद सञ्जेलको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ अधिवतmा तथा झापा बार र पीपीएलएका पूर्व झापा अध्यक्ष गजेन्द्र आचार्यको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन भएको हो ।
समितिमा पीपीएलए झापाका पूर्व अध्यक्षद्वय अधिवतmा नारायणप्रसाद भट्टराई , अधिवतmा टंक दंगाल , आरपीएलका पूर्व अध्यक्ष कालिप्रसाद सञ्जेल , अधिवतmाहरु चित्रबहादुर मगर, देवी कुमारी निरौला र कविता शर्मा रहनु भएको छ ।
एमाले र एमाओदी पार्टी केन्द्रमा एकीकरण भईसकेपछि उतm पार्टीहरुका भातृ संगठनहरु एकीकृत हुनेक्रममा केन्द्रदेखि जिल्ला र स्थानीय तहमा एकीकरणको क्रममा रहेकोमा कानून व्यावसायीहरुको भातृसंगठन पनि एकीकरण भएको अधिवतmा पे्रमप्रसाद विमलीले जानकारी दिनुभयो ।
समितिले आगामी चैत १६ गते हुने नेपाल बार एसोसियसनको केन्द्रीय निर्वाचनमा आफ्नो संगठनलाई प्यानलनै विजयी गराउन जिल्ला तहमा विभिन्न चुनावी कामहरु गर्ने , आगामी केही समय भित्रमा भव्य साधारण सभा सम्मेलनको कार्यक्रम गरि औपचारिक कार्यसमिति गठन गर्ने तथा नेपाल कानून व्यावसायी संगठन झापा शाखाका गतिविधिहरु प्रभावकारीरुपमा अगाडि बढाउने निर्णय गरेको छ ।
वरिष्ठ अधिवतmाहरु दामोदर सापकोटा, कुलप्रसाद दहाल,झापा बारका अध्यक्ष तथा वरिष्ठ अधिवतmा लेखनाथ निरौला , वरिष्ठ अधिवतmा टंक प्रसाद उप्रेती ,गजेन्द्र आचार्य अधिवतmा विमल संग्रौला लगायतले मन्तव्य राख्दै आसन्न नेपाल बार एसोसियसनको केन्द्रिय निर्वाचनमा आफ्नो प्यानलका सबै उम्मेद्धारहरुलाई निर्वाचित गराउन नेपाल कानून व्यावसायी संगठन समर्थित सबै तह र तप्काका अधिवतmाहरु निर्वाचनमा आआफ्नो ठाउँबाट लाग्नु पर्ने कुरामा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया