- गोबिन्द पौडेल

इलाम,

इलामको रोङगाउपालिका २ बरफल्याङ्गमा केराबाट परिकार बनाउने तालिम आज समापन भएको छ ।
धरेलु तथा साना उध्योग इलाम र वडा स्तरिय महिला समुहाको आयोजना ,पिरामिड टेक्निकल इलामको सहआयोजना र रोङ गाउपालिकाको सहयोगमा महिला शशक्तिकरणको कार्यक्रम अनुसार महिलाहरुलाइ ब्यवसाहिक बनाउदै स्वरोजगार र आत्मा निर्भर बनाउने उदेश्यको साथ गत फागुन २८ गतेबाट आजसम्म चलेको तालिममा १० जना महिलाहरुको सहभागिता रहेको थियो भने तालिमको सहजीकरण याम अधिकारी र बिकास राइले गरेका थिए ।
प्रसस्त मात्रामा केराको खेती रहेको सो क्षेत्रमा यसअघि केराको फल र पातको घासमात्रको लागि प्रयोग गरिने गरेकोमा केराको पात, जरा गाना फल बुङ्गो र फल को भेट्नोबाट पचास भन्दा बढी परिकार बनाएन सकिने भएपछि सो तालिमको आयोजना गरिएको हो । केराबाट तरकारी, अचार,समोसा मःम,चिप्स, निम्की,पकोडा ,चप , मिटबल, जुस, वाइन, ब्राण्डी,रोटी लगायत चारदर्जन बढी परिकार बनाउन सकिन भएपनि छोटो समयमा ९ वटा परिकार प्रयोगात्मक रुपमा पनि गरिएको वडाध्यक्ष टेक बहादुर तामाङ्गले बताए ।
आफुहरुले पनि सुनेको मात्र तर नदेखेको र नचाखेको परिकारहरु सहजै बनाउन सकिने रहेकोले भोज भत्तेर शुभ र अशुभ कार्यहरुमा समेत मिठो र सस्तो परिकार हुने र ब्यवसाहिक रुपमा समेत इलाममानै नया परिकार रहन सक्ने संभावना रहेको आयोजम महिला संजाल रोङका कमला कट्टेलले बताए ।
सन् २००२ देखी २००६ सम्म रोजगारी खोज्दै मलेसिया बसेका र त्यहावाट फर्किएपछि आफ्नै गाउ रोङ ६ को सलकपूरम अलैची खेती र अलैची नर्सरी उद्योग संचालन गरेर बसेका सफल किसान तथा उक्त तालिमको प्रशिक्षक भरखरै मात्रै कैलालीको टिकापुरमा रहेको बनाना रेस्टुरेन्टमा सातदिने तालिम लिएर फर्किएर आएपछि का रोङ ६ को सलकपूरमा नै बनना रेस्टुरान्ट चलाउने तैयारीमा लागेका बताउछन् ।

तपाईको प्रतिक्रिया