२०८३ असार १० बुधबार
Search
Close this search box.

दक्षिण कोरियामा विवाह दर घट्यो

कोरिया

दक्षिण कोरियामा अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा विवाह दरमा कमी आएको तथ्याङ्क सार्वजनिक भएको छ । आर्थिक अस्थिरतालगायतका कारण यहाँका युवायुवतीले विवाहलाई कम प्राथमिकता दिन थालेको समाचारमा उल्लेख छ ।

सन् २०१८ मा एक हजार युवायुवतीमा ५ प्रतिशतले विवाह गरेको पाइएको छ । यो तथ्याङ्क अहिलेसम्मकै सबैभन्दा न्यून हो ।

कोरियाको तथ्याङ्क विभागले वैवाहिक सम्बन्धको दर के कति रहन्छ भनेर सन् १९७० देखि तथ्याङ्क सङ्कलन गर्ने गरेको छ । समाचारमा जनाइएअनुसार यो वैवाहिक दर सन् १९७० पछिकै सबैभन्दा कम हो ।
सन् १९८० मा यहाँका युवायुवतीमा विवाह दर प्रति एक हजारमा १०.६ प्रतिशत रहेको थियो । उक्त विभागले यो तथ्याङ्क शुरु गरेयताको सबैभन्दा बढी दर हो ।

यो तथ्याङ्कमा बर्सेनि कमी आउन थालेको हो । सन् १९९० यो दर घटेर मा ९.३, सन् २००० मा ६.५ र सन् २०१० मा ६.५ हँुदै आएको थियो ।

दक्षिण कोरियाली नागरिकमा पहिलो पटक विवाह गर्ने उमेर दर पुरुषमा ३३.२ वर्ष र महिलामा यो उमेर दर ३०.४ वर्ष छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit