२०८३ बैशाख २५ शुक्रबार
Search
Close this search box.

नाचेर चिनिएकी अनुजा

झापा,

चार वर्षको उमेरमा नाच्न मञ्चमा उक्लिएकी झापा बिर्तामोडकी अनुजा अग्रवाल अहिले अरुलाई नचाउँछिन् ।
नेपाली टेलिभिजन इतिहासको सबैभन्दा लोकप्रिय रियालिटी–शो छमछमीको पहिलो संस्करणको उपाधि विजेता अनुजा रजतपटमा उदीयमान स्टारमा रुपमा एका–एक परिचित भएसंगै उनको दैनिकी नै बद्लिएको छ । अध्ययनसंगै नाच्न शुरु गरेकी अनुजाका लागि नृत्य नै कालान्तरमा वरदान सावित भयो ।

एक सफल कोरियोग्राफरको रुपमा आफूलाई उभ्याईसकेकी अनुजा सर्टिफाइड जुम्बा इस्ट्रक्टर हुन् । उनले हालै मात्र एरियल सिल्क, रिङ, मेघा डान्सको तालिम मुम्वईबाट लिएकी छिन् भने आफ्ना अनुयायीलाई पनि सिकेको सिप सिकाएर सबैको मन मस्तिष्कमा छाएकी छिन् ।
आमा कान्ता र दिदीवहिनीहरु सिल्पा, अनामिका, विशाखा र मारियाको प्रेरणाले नाच्न शुरु गरेकी अनुजाले अरुलाई नचाएरै आफूलाई स्थापित गराइन् । हिपहप र कन्टेम्प्ररीमा निपूर्ण अनुजा आफूमा रहेको अन्तरनिहीत कलानुभूतिको प्रस्तुति नै डान्स हो भन्छिन् ।

‘जीवनका नवरसलाई बडील्याङ्वेज मार्फत प्रस्तुत गर्नु नै नृत्य हो’ अनुजा भन्छिन्– ‘पहिले नाचेर चिनिए, अब नचाएर चिनिनु छ ।’
नृत्यका लागि झापामा छुट्टै विद्यालय खोल्ने सोच बोकेकी अनुजाले अहिले बिर्तामोडमा नै एरएस डान्स जोन सञ्चालन गरिरहेकी छिन् । यसको अतिरिक्त उनले विभिन्न विद्यालयमा नृत्य प्रशिक्षकको रुपमा काम गरिरहेकी छिन् । उनले बिर्तामोडको ग्रिण्ड फिल्ड, चिल्डे«न, डिजनीप्ले स्कूल लगायतका विभिन्न विद्यालयमा नृत्य सिकाइरहेकी छिन् । युएसबाट जुम्वा फिटनेश र जुम्वा टोनीको इन्टरनेशनल इस्ट्रक्टर अनुजाले दुई हजारबढीलाई नाच्न पोख्त बनाइन् ।

दृढ आत्म विश्वासका कारण मृत्युलाई समेत परास्त गरेकी अनुजाको शरीरमा स्टील छ । तर, पनि उनको नाच्ने इच्छाशक्ति दृढ छ । आफूमा भएको दृढ इच्छाशक्तिकै कारण अनुजाले सफलताको सिढी चढ्दै डान्समै स्नातकोत्तर गरिन् ।
मेरो दृढ इच्छाशक्तिकै कारण मैले पुर्नजन्म पाएकी हुँ अनुजा भन्छिन्–‘मेरो पेटमा समस्या थियो, शल्यक्रिया गर्नुअघि मलाई डक्टरले १० दिनको ‘डेट’ दिएको थियो । वाँच्ने चान्स ३० प्रतिशत भन्दा कम छ भन्दा भन्दै मेरो शल्यक्रिया गरिएको हो, म अहिले पूर्ण रुपमा स्वास्थ्य छु ।’


भारतको वेङ्लोरस्थित एक अस्पतालमा उनको २०७० शालमा पेटको शल्यक्रिया भएको थियो जसका कारण उनले दुई वर्ष नाच्न पाइनन् ।
कठिन परिस्थितिलाई अवसरका रुपमा रुपान्तरण गरेर अनुजाले प्राप्त गरेको सफलता प्रति आमा पनि दंग छिन् । उनी भन्छिन्–‘ वारवाडी समुदायमा छोरीलाई खुल्ला रुपमा नाच्न र नचाउनु भनेको ठूलो चुनौति थियो । तर, सबै चुनौतिलाई पार गर्दै छोरीले नाचेरै सबको मन जितेको देख्ता मलाई आमा भएकोमा गर्व लाग्छ ।’

लिटल फ्लावर्स इङ्लिस स्कूलबाट अध्ययन आरम्भ गरेकी अनुजाले सिक्किम मनिपाल विश्व विद्यालयबाट स्नातक तह पूरा गरिन् । नोएडास्थित एमिटी विश्वविद्यालयबाट एमबिए पूरा गरेकी छिन् । सन् १९९१ को डिसेम्बर २० मा जन्मिएकी अनुजा बिर्तामोडका दिनेश र कान्ता अग्रवालकी साहिँली छोरी हुन् । चार वर्षकै उमेरमा नृत्य प्रतियोगितामा सहभागी हुँदै उपाधि जितेकी अनुजाले भारतको चर्चित टेलिभिजन रियालिटी–शो बुगी वुगी जुनियरमा समेत प्रतिस्पर्धा गर्न भ्याईन् । अन्तराष्ट्रिय स्तरको सफल कलाकारको रुपमा आफूलाई उभ्याउने दृढ संकल्प बोकेकी अनुजाले मुम्बईका बलिउडका स्टार कलाकारहरुसँग सम्वन्ध जोडेकै कारण उनी अन्तराष्ट्रिय रुपमा पनि परिचित छिन् ।

११ वर्षको उमेरमा भारतीय टेलिभिजनले सञ्चालन गरेको बुगी वुगी रियालिटी–शो मा भाग लिएकी अनुजा नृत्य प्रतियोगिातामा छलाङ मार्दै २०६८ सालमा नेपालमा भएको छमछमी प्रतियोगिताको बिजेता बनिन् । चलचित्र क्षेत्रमा पनि आफूलाई निक्कै ‘अफर’ आइरहेको छ अनुजा भन्छिन्– ‘चलचित्र खेल्न शुरु गरेभने नृत्य सिकाउन असर पर्ने हो कि भन्ने मलाई डरलाग्छ ।’ तरपनि अर्काे वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा अभिनय शुरु गर्छु – अनुजाले भनिन् ।

आफूजस्तै धेरैलाई नृत्यङ्गना बनाउने सपना बोकेकी अनुजा नाचेर पनि बाँच्न सकिने बताउँछिन् । आफूमा जे प्रतिभा छ त्यो चिनेर सही समयमा सही सदुपयोग गर्न सक्यो भने जीवन जिउन कठिन छैन अनुजा भन्छिन्–‘ जुनसुकै विधा रोजेपनि पढाइचाँहि कम्पल्सरी छ ।’
अनुजाले सञ्चालन गरेको डान्स जोनमा अहिले तीन वर्षदेखि फिटनेशका लागि ६५ वर्ष उमेर समूह माथिका महिलाहरु समेत आउने गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit