बिराटनगर, आफ्नो ज्यानको प्रवाह नगरी प्रहरीले उच्च मनोवलका साथ काम गरेको भन्दै १ नम्वर प्रदेश प्रहरीले ताप्लेजुङमा कार्यरत तीन जना प्रहरीलाई फागुनको सर्वाेत्कृष्ट प्रहरी घोषित गरेको छ ।

प्रहरी हवल्दार वेदकुमार अर्याल

ताप्लेजुङको सिस्ने भिरमा भएको हेलिकप्टर दुर्घटनामा परी पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ११ जनाको निधन हुँदा विभागीय मूल्य–मान्यता, आदेश– निर्देशनको पालना गरी व्यावसायिक, लगनशील, कर्तव्यनिष्ठ र उच्च मनोवलका साथ कर्तव्यपथमा तल्लीन भएको भन्दै तीन प्रहरीलाई उत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

प्रज मनोज कु चौधरी

सर्वाेत्कृष्ट प्रहरीका रुपमा अस्थाई प्रहरी चौकी माथिल्लोफेदी ताप्लेजुङमा कार्यरत प्रहरी हवल्दार वेद कुमार अर्याल, प्रहरी जवान उपेन्द्र राई र प्रहरी जवान मनोजकुमार चौधरीलाई उत्कृष्ट प्रहरी घोषणा गरिएको १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव उपरीक्षक शिद्धराज न्यौपानेले जानकारी दिनुभयो ।

प्रहरी जवान उपेन्द्र राई

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिनासम्म राखिदै आएको बताइएको छ ।

तपाईको प्रतिक्रिया