झापा , झापाको विर्तामोड नगरपालिका पशुपन्छि विकास शाखाको आयोजनामा नगरका सवै वडामा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । 
आर्थिक वर्ष २०७५–०७६ को स्विकृत क्लीनिकल उपचार सेवा शीर्षकको वजेटबाट ५ लाख ५० हजार रुपैयाँ खर्च गर्दै शिविर आयोजना गरिएको हो । शिविरमा १ हजार ५८ घरपरिवारका कृषकले सेवा लिएको विर्तामोड नगरपालिकामा कार्यरत नायव पशु स्वास्थ्य प्राविधिक विष्णु भट्टराईले जानकारी दिनुभयो ।
६ दिनसम्म सञ्चालिन शिविरमा वयश्क तथा उत्पादनशील गाइ र भैँसी १७ सय ९० वटा, वाछा – वाछी तथा पाडा – पाडी ८ सय ३१, बाख्रा २ हजार १ सय ५, बंगुर १ हजार १ सय ५७, कुखुरा २ हजार ५ सय ८७ गरी जम्मा ८ हजार ८ सय ७० वटा पशुका लागि औषधि वितरण गरिएको छ । उपचार तर्फ वाँझोपन निवारण २ सय ३५, बोका खसी ५०, गर्भ परीक्षण ५०, अन्य ५ सय १८ गरि जम्म ५ सय ४८ वटा पशुपन्छिहरुको उपचार गरीएको पशुपन्छी विकास शाखा प्रमुख सानुमायाँ श्रेष्ठले जानकारी दिनुभयो ।

















