बिर्तामोड,

नेकपाले १५ वटै स्थानीय तहमा नेतृत्व चयन गरेको छ । नेकपा एमाले र नेकपा माओवादीबीच केन्द्रीय नेतृत्वका लागि
सहमति जुटेपनि स्थानीय तहमा लामो समयदेखि सहमति जुट्न सकेको थिएन् । केही दिन अघि पार्टी कार्यालयमा बसेको कार्यदलको वैठकले सहमति जुटाएसंगै १५ वटै स्थानीय तहले नेतृत्व पाएको हो ।


नेकपा झापाका अनुसार मेचीनगरमा माधव अर्याल अध्यक्षमा चयन हुनुभएको छ भने सचिवमा राजु पोखरेल चयन हुनुभएको छ । अर्याल माओवादी केन्द्रबाट अध्यक्ष बन्नुभएको हो भने पोखरेल नेकपा एमालेबाट हुनुहुन्छ । कमिटीमा एमालेका ४९ र माओवादी केन्द्रका ३२ जना सदस्य रहेका छन् ।

त्यस्तै वुद्धशान्तिमा एमालेका टीका पाठक अध्यक्षमा चयन हुनुभएको छ भने माओवादी केन्द्रका प्रेम नेम्वाङ सचिवमा चयन हुनुभएको छ । कमिटीमा एमालेका ४१ र माओवादी केन्द्रका ३४ सदस्य रहेका छन् । अर्जुनधारा नगरपालिकामा एमालेका प्रेम सागर सापकोटा अध्यक्षमा चयन हुनुभएको छ । सचिवमा माओवादी केन्द्रका राजु शर्मा चयन हुनुभएको छ । कमिटीमा एमालेका ४७ र माओवादी केन्द्रका ३७ सदस्य रहेका छन् ।

यता भद्रपुरमा माओवादी केन्द्रका शिवकुमार राज भण्डारी अध्यक्षमा चयन हुनुभएको छ भने सचिवमा नेकपा एमालेका व्रह्लाल ढुङ्गाना चयन हुनुभएको छ । कमिटीमा नेकपा एमालेका ४९ र माओवादी केन्द्रका ३२ सदस्य रहेका छन् । बिर्तामोड नगरपालिकामा भने नेकपा एमालेका ज्ञानु प्रसाई अध्यक्षमा चयन हुनुभएको छ । उहाँसंगै नेकपा एमालेबाट ४८ सदस्यीय कमिटी गठन भएको छ भने माओवादी केन्द्रका मोहन कन्दङ्वा सचिवमा चयन हुनुभएको छ । उहाँसंगै माओवादी केन्द्रवाट २५ सदस्यको सहभागीता रहेको छ ।

कचनकवल गाउँपालिकामा नेकपा एमालेका तीलवहादुर राई अध्यक्षमा चयन हुनुभएको छ भने सचिवमा दलवहादुर तामाङ अग्नि चयन हुनुभएको छ । कमिटी नेकपा एमालेबाट ४३ र माओवादी केन्द्रबाट ३२ जनाको सहभागीता रहेको छ । यता वाह्रदशी गाउँपालिकामा तोयानाथ पोखरेल सागर अध्यक्षमा चयन हुनुभएको छ भने माओवादी केन्द्रबाट लक्ष्मी तिवारी सचिवमा चयन हुनुभएको छ । गाउँकमिटीमा एमालेबाट ४७ र माओवादीबाट २७ सदस्य रहेका छन् ।

माओवादी केन्द्रका याम राई हल्दिवारी गाउँपालिकाको अध्यक्षमा चयन हुनुभएको भने सचिवमा एमालेका हरि गौतम चयन हुनुभएको छ । कमिटीमा एमालेका ४५ माओवादीका ३० सदस्य रहेका छन् । कनकाईमा एमालेका रवीन्द्र लम्साल अध्यक्षमा चयन हुनुभएको छ । सचिवमा माओवादी केन्द्रका विष्णु विमली चयन हुनुभएको छ । कमिटीमा ४५ एमाले र ३६ माओवादी केन्द्रका सदस्य रहेका छन् ।
झापा गाउँपालिकामा माओवादी केन्द्रका रुद्र वजगाई अध्यक्षमा चयन हुनुभएको छ भने सचिवमा एमालेका गजेन्द्र ताम्ली चयन हुनुभएकोा छ । कमिटीमा ४१ एमालेका र ३४ माओवादी केन्द्रका सदस्य रहेका छन् ।

उता शिवसताक्षीमा भने माओवादी केन्द्रका महेन्द्र भट्टराई अध्यषमा चयन हुनुभएको छ भने सचिवमा एमालेका धनवहादुर थेवे चयन हुनुभएको छ । कमिटी ४९ एमाले र ३२ माओवादी केन्द्रका सदस्य रहने गरी तयार गरिएकोा छ । कमल गाउँपालिकामा भीम राई अध्यक्षमा चयन हुनुभएको छ । राई एमालेबाट चयन हुनुभएको हो । सचिवमा भने माओवादी केन्द्रका रविन्द्र गुरुङ चयन हुनुभएको छ । कमिटी ४५ सदस्यीय एमालेका र ३६ माओवादी केन्द्रका रहेका छन् ।

गौरीगञ्ज गाउँपालिकामा मोओवादी केन्द्रका विद्यानन्द सिंह राजवंशी अध्यक्षमा चयन हुनुभएको छ भने सचिवमा नेकपा एमालेका विष्णु न्यौपाने चयन हुनुभएको छ । कमिटी ३७ एमाले र ३८ माओवादी केन्द्र रहने गरी तयार गरिएको छ । त्यस्तै गौरादहमा एमालेका मित्रदेव काफ्ले अध्यक्षमा र सचिवमा माओवादी केन्द्रका माधव भट्टराई चयन हुनुभएको छ । कमिटीमा एमालेका ४५ र माओवादी केन्द्रका ३६ सदस्य रहेका छन् ।

यता प्रधानमन्त्री ओलीको गृह नगरमा भने एमालेका वोधप्रसाद घिमिरे अध्यक्षमा चयन हुनुभएको छ भने सचिवमा माओावदी केन्द्रका शंकर वस्नेत चयन हुनुभएको छ ।

तपाईको प्रतिक्रिया