२०८३ असार १० बुधबार
Search
Close this search box.

चारकोशे झाडी खुल्ला चिडियाखाना

बिर्तामोड, चारकोशे झाडीलाई खुल्ला चिडियाखाना बनाउने अबधारणा हल्दिवारी गाउँपालिकाले अगाडि सारिरहेका बेला चारकोशे जंगलको छेउमा सुबिधासम्पन्न रिसोर्ट खोलिएको छ ।


दक्षिणी झापाको पहिलो रिसोर्टको रुपमा हल्दीवारी – ३ ढडुवा बजारको दक्षिणपट्टी मेचे रिसोर्ट संचालनमा आएको हो । १५ कठ्ठा जग्गामा करिब अढाई करोड रुपैयाँको लागतमा सुनिल मेचे(सानो) ले सो रिसोर्ट संचालनमा ल्याएका हुन् । रिसोर्टको आज एक कार्यक्रमकाबीच स्थानीय बयोबृद्धा थेल मेचेले उद्घाटन गर्नुभयो ।

आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्धेश्यले मेचे परिकार, शान्त बातावरण, बस्ने सुबिधासहित रिसोर्ट खोलिएको संचालक सुनिलले बताउनुभयो । उहाँले पर्यटन प्रबद्र्धनको लागि ब्यबसायिकरुपमा होटल ब्यबसाय थालेको धारणा राख्नुभयो । पर्यटनको लागि युवाले अग्रसरता देखाएर सुनिलले रिसोर्ट संचालनमा ल्याएको अर्का रिसोर्ट ब्यबसायी प्रकाश बुढाथोकीले बताउनुभयो ।

चारकोशे झाडीलाई खुल्ला चिडियाखाना बनाउँन जंगलको पूर्वपश्चिम ५० फुटे बाटो निर्माण भइरहेको हल्दीवारी गाउँपालिकाका अध्यक्ष रबिन्द्र लिङदेनले बताउनुभयो । उहाँले त्यसका लागि प्रकृति संरक्षण कोषले ६ करोड रुपैयाँकोे टेण्डर आह्वान गरेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit