२०८३ श्रावण २४ आईतवार
Search
Close this search box.

अर्जुनधारामा कृषकलाई उद्यमी बनाइँदै

झापा, झापाको अर्जुनधारा नगरपालिका – १ मा सात दिने व्यवसायिक फूल, मेवा तथा कागती खेती सम्वन्धि कृषकलाई तालिम दिइएको छ । कृषकलाई व्यवसायिकता प्रदान गर्दै आत्म निर्भर बनाउन तालिम प्रदान गरिएको हो । तालिममा नगर क्षेत्रका कृषकको सहभागीता थियो ।
विपन्न समुदायका ९ जना कृषकलाई अर्जुनधारा नगरपालिकाकै समन्वयमा घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरले अर्जुनधारा १ को हलुवागढ सामुदायिक वनको सभा हलमा तालिम दिइएको थियो ।
फागुन २७ गतेदेखि चैत ३ गतेसम्म सञ्चालन भएको तालिम झापा मेचीनगर नगरपालिकास्थित धुलावारीमा फूल, मेवा तथा कागती साथै नर्सरी ब्यवसाय सञ्चालन गरिरहेका सफल ब्यवसायी डिल्लीराज उप्रेतीले प्रदान गर्नुभयो ।
झापा जिल्लामा सफल कृषि ब्यवसायिहरुको संख्या सानो छ । त्यही संख्यामा पर्ने एक सफल कृषि उद्यमी उप्रेती ब्यवसायिक कृषि कर्मका एक योद्धाका रुपमा परिचित छन । जिल्लामा कृषि विकासका लागि जिल्ला स्थित कृषि कार्यालयहरु वाट सञ्चालन हुने हरेक तालिममा मात्र शैद्धान्तिक ज्ञान भएका साविक जिल्ला कृषि विकास कार्यालयका कर्मचारीहरुले सञ्चालन गर्दै आएका प्रमाणहरु भेटिन्थे । तर कृषिमै शैदान्तिक तथा ब्यवहारीक ज्ञान हाँसिल गरेका सफल उद्यमीको सहयोगमा सञ्चालित तालिमवाट पक्कै पनि कृषकहरुले ब्यवहारीक ज्ञान हासिल गर्न सक्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै