२०८३ असार १० बुधबार
Search
Close this search box.

शैक्षिक गुणस्तर सुधान भन्दै हल्दिवारीमा धमाधम शिक्षक भर्ना

बिर्तामोड, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अझ अब्बल बनाउन हल्दिवारी गाउँपालिकाले नयाँ रणनीति अपनाएको छ ।

अंग्रेजी मोहका कारण विद्यार्थीहरु निजी विद्यालय तर्फ आकर्षित भएको भन्दै सवै सामुदायिक विद्यालयमा अनिवार्य अंग्रेजी शिक्षाको सुरुवात गर्दै प्रविधिमैत्री शिक्षालाई गाउँपालिकाले जोड दिएको छ ।

हल्दिवारी गाउँपालिकामा ६ माध्यमिक सहित १७ वटा सामुदायिक विद्यालय रहेका छन् । जसमा ४ हजार पाँचयस वढी विद्यार्थी अध्ययनरत रहेको विद्यालय निरीक्षक दिनेश आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो – हल्दिवारी गाउँपलिकामा कक्षा १– ५ मा सञ्चालन भएका ७ विद्यालय , ६– ८ सञ्चालन भएक आधारभूत विद्यालय ४ गरी १७ विद्यालय रहेका छन् । जहाँ २ सय शिक्षकले विद्यार्थीलाई शिक्षा आर्जन गरिरहेका छन् ।

यता गाउँँपालिकाले भने मन्टेश्वरी कक्षाबाटै अंग्रेजी शिक्षा अनिवार्य गर्दै कक्षा १२ सम्म नै अंग्रेजी माध्ययमबाट पठन पाठन गराउने नीति तयार गरेको छ । गाउँपाकिला उपाध्यक्ष डम्वर गिरीका अनुसार प्रत्येक वडामा एक÷एक वटा मन्टेश्वरी गाउँपालिकाले सञ्चालन गरेको र सञ्चालित मन्टेश्वरीमा विद्यार्थीका लागि आवश्यक पर्ने सम्पूर्ण पूर्वाधार जडान गरेको र गर्मीमा सहज होस् भन्दै एसी समेत जडान गरिएको छ ।

त्यस्तै यसै शैक्षिक सत्रबाट सवै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको शिक्षालाई अनिवार्य गरिएको र १७ जना शिक्षक नियुक्तिका लागि विज्ञापन गरिएको छ । सवै सामुदायिक विद्यालयमा अंग्रेजी शिक्षकका लागि एक ÷ एक जना अंग्रेजी शिक्षक राखिने उपाध्यक्ष गिरीले बताउनुभयो । कक्षा १ वटै अव हल्दिवारीका सवै सामुदायिक विद्यालयमा आउने विद्यार्थीले अंग्रेजी शिक्षासंगै कम्प्युटर पनि सिक्छन् गिरीले भन्नुभयो – ‘जसका लागि प्रत्येक विद्यालयमा कम्प्युटर ल्याव नै हुने छ ।’

सामुदायिक विद्यालयमा अंग्रेजी माध्ययमबाटै विषय पठन – पाठन गराउन प्रत्येक विद्यालयमा एक÷ एक जना शिक्षक गाउँपालिकोको निजी श्रोतवाट नियुक्त गरिदै छ गाउँपालिका उपाध्यक्ष गिरीले भन्नुभयो – यस अघि योग शिक्षक र खेल शिक्षक पनि नियुक्त गरिएको छ । १७ शिक्षक नियुक्तपछि गाउँपालिकाले आफ्नो पहलमा नियुक्त गर्ने शिक्षकको संख्या झण्डै ५० हुने छ ।’

गाउँपालिकाले यस अघि योग शिक्षक ३, कराते शिक्षक ३ र कवडी शिक्षक २ जनालाई नियुक्त गरेको छ । प्रत्येक विद्यालयमा खेलकुदको विकास गराउने उद्धेश्यले खेल शिक्षक नियुक्त गरिएको बताइएकोा छ ।

त्यस्तै कम्प्युटर शिक्षा अध्ययनका लागि समेत घुम्ती शिक्षक नियुक्त गरेको बताइएको छ । जसका लागि गाउँपालिकाले ७ जना शिक्षक नियुक्त गरेको छ । उनीहरुले प्रत्येक विद्यालयमा एक एक दिन गर्दै कम्प्युटर शिक्षा प्रदान गर्दै आएका छन् ।

हल्दिवारीमा माध्यमिक तह सञ्चालन भएपनि प्राथमिक तहका शिक्षकले ३ मावि सञ्चालन भएको र ४ आधारभूत पनि प्रावि तहकै दरवन्दीका शिक्षककले सञ्चालन गरिरहेको गिरीको भनाई छ । गाउँपालिकाले शिक्षा क्षेत्रमा गरेको कामको अधिकांशले प्रशंसा व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit