२०८३ बैशाख २५ शुक्रबार
Search
Close this search box.

डर

तिमी मेरोमा किन आइरहन्छौ ? मलाई किन दुःख दिइरहन्छौ ? मनले‌ हप्कउँदै भन्न कत्तिपल्ट खोज्यो।तर उसले यो कुरो डरलाई भन्नै सकेन। मन र डर एउटै टोलका बासिन्दा थिए। उनीहरुको जम्का भेट भइरहन्थ्यो।

मन जहिले पनि डरको लखेटाईमा परिरहन्थ्यो। डर बाट जोगिन मन कत्ति लुक्यो पनि। तर डरले छोड्दै छोडेन। एक दिन मन भागेर डर नपुग्ने ठाउँमा जान्छु भन्दै मध्यरातमा हिँड्यो।जाँदा जाँदा ऊ एउटा सुनसान वनमा रहेको तलाउको किनारमा पुग्यो। उसले चारैतिर हे-यो।वनका ठूला ठूला रुख र विशाल तलाउको पानी बाहेक केहि देखेन।

उसलाई लाग्यो “डर अब त यहाँ आउँदैन। ” एक छिनमा तलाउमा केहि चलमलाएको आवाज आयो।फेरि मन डरको फन्दामा प-यो।त्यसै बेला आत्मा आइपुग्यो। तिमीलाई के भयो र यति राति यहाँ छौ ? आत्माको प्रश्न स्वभाविक थियो।

“आफूलाई‌ डरले‌ नभेटोस भनी यहाँ आएको!” मनले एकै सासमा जवाफ दियो।

हैट ! डर त जति सम्झियो उत्ति आउने हो ! थोडी डर आफै आउँने हो र ! तिमी दह्रो नभए त जहाँ गई लुके पनि डरले त पछ्याई रहन्छ।

बल्ल मनले आत्माको साथ पायो र डरलाई भगायो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit