बिर्तामोड, बिर्तामोडका मन्टेश्वरी विद्यालय सञ्चालकले विद्यार्थीलाई प्रविधि मैत्री शिक्षा र संस्कारयुक्त शिक्षा प्रदान गर्ने भएका छन् ।
मन्टेश्वरी एशोसिएसन अफ विर्तामोड (एमएबी)ले आयोजना गरेको कार्यक्रममा बोल्दै वालवालिकाले संस्कारयुक्त शिक्षा पाउन नसकेको भन्दै मन्टेश्वरीबाटै अव बिद्याथर््ीलाई संस्कारयुक्त शिक्षा प्रदान गरिने सञ्चालकहरुको भनाई छ ।

मन्टेश्वरी एशोसिएसन अफ विर्तामोडका उपाध्यक्ष विनीत वास्तोलाको अध्यक्षता तथा संगीतकार शिवशंकर थापाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा मन्टेश्वरीमा अध्ययनरत वालवालिकाले आ आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । १७ विद्यालयबाट झण्डै २ सय वालवालिका कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रममा स्वागत मन्टेश्वरी एशोसिएसन अफ विर्तामोडका सदस्य शुष्मा कटुवालले गरेकी थिइनु भने कार्यक्रमको औचित्यमाथि प्रकाश शसोसिएसनका सचिव अमर सुब्बाले गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन आइत लिम्बू र कुसुम वरालले गर्नुभएको लाइफलाइट किन्ठरजोनका सञ्चालक जीवन सुवेदीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया