२०८३ असार १० बुधबार
Search
Close this search box.

चीनको अर्को चमत्कार : थाहा पाउँदा सबै चकित

झापा, चीनले विकासमा सबैलाई चकित बनाउँदै आएको छ । उसले फेरी विश्वलाई चकित बनाएको छ । चीनको दोस्रो लामो नदी ‘एलो रिभर’ को करिब आठ करोड क्युविक मिटर पानीलाई उत्तरी हेवेई प्रान्तको सिओनगान नयाँ क्षेत्रमा निर्मित प्रमुख तालमा मिसाइएको छ । त्योपनि ३ महिनाभित्रै यो काम पुरा भएको छ ।

नदीको पानीलाई करिब ४८२ किलोमिटर टाढादेखि ल्याएर विगत तीन महिनाको समयमा तालमा मिसाइएको हो । नदीको प्राकृतिक प्रवाहबाट उक्त मात्रामा पानीलाई मार्ग परिवर्तन गर्न चीनको बार्षिक ‘वाटर डाइभर्सन’ आयोजनाले सन् २०१८ नोभेम्बर २९ देखि काम शुरू गरी सन् २०१९ को मार्च १० मा सम्पन्न गरेको हो ।

वैयाङदिअन तालको वातावरणलाई सुधार गर्ने र धार परिवर्तन गरिएको नदीको पानी जाने बाटोमा पर्ने शहरी क्षेत्रमा खानेपानीको अभाव पूर्ति गर्ने लक्ष्य आयोजनाको रहेको हेनान एलो रिभर विभागले जनाएको छ ।

हेनान प्रान्तको पुयाङ जिल्लाबाट नदीको पानीलाई नहरका रूपमा धार परिवर्तन गराइएको र वैयाङदिअन तालसम्म पु¥याइएको छ ।

आयोजना स्थायी पानी संरक्षणका कार्यक्रम अन्तर्गतको पहिलोे नमूना योजना हो । बेइजिङबाट १०० किलोमिटर दक्षिणपश्चिममा पर्ने नयाँ आर्थिक इलाका हो ।

उक्त आयोजना अन्तर्गत पथान्तर गरिएको करिब २६ करोड क्युविक मिटर पानी शहरी क्षेत्रको पानीको अभाव, स्थानीय वातावरण, सिंचाइ तथा उद्योगको आवश्यकतालाई सम्बोधन गर्न बाटोमा नै वितरण गरिएको छ भने ८ करोड क्युविक मिटर तालमा मिसाइएको छ । जनबोलीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit