बिर्तामोड, तेह्रथुमम सुर्केका रामप्रसाद प्याकुरेल अहिले ८० वर्षका भए । गृहस्त जीवनबाट मुक्त भएका उनी यायावरको जीवन बाँच्दैछन् । पेट पाल्नका लागि सहयोगी मानहरुको घर घरमा पुग्नु उनको दिनचार्य बनेको छ । ४६ वर्षअघि दैवको उनको दाम्पत्य सुख खोसेर लगे । एक छोरा र छोरीका लालनपालनमा समय विताएका उनी छोरीको विवाहपछि अझ एक्लो भए । 
आफ्नो एक मात्र छोरालाई सर्वश्व ठानेर वसेका उनी छोरो हुर्किपछि उपेक्षित भए । छोराको उपेक्षाका कारण गृहस्त जीवन त्यागेर सहयोगी मन खोज्दै उनी अहिले मनकारीकाहाँ हिँडिरहेका छन् । सात वर्ष अघि उनका छोराको निधन भयो । त्यसपछि उनी अझ एक्ला भए । कहिले मन्दिर त कहिले दाताको धर धरमा सहयोगका लागि अपिल गर्दै हिड्ने गरेका छन् ।
वराह क्षेत्रको मन्दिरमा ६ वर्ष, सुनसरीको पाञ्चायन मन्दिरमा ३ वर्ष र धुलावारीको शिवालय मन्दिरमा ४ वर्ष पूजा पाठ र धर्मानुरागीको हात हेरेर विताएका उनी अहिले दानवीरको घर घरमा सहयोग जुटाउँदै हिँडिरहेका छन् ।

















