झापा, गर्मी मौसममा अनुहारमा पिम्पल आउनु सामान्य मानिन्छ। तर जसको त्वचा ओइली हुन्छ, त्यस्ता व्यक्तिले हरेक मौसममा पिम्पल आउने समस्या झेल्नुपर्ने हुन्छ। कस्मेटिक उपायबाट केही समयका लागि यसलाई ठीक गर्न त सकिन्छ, तर केही समय पछि पुनः पिम्पल देखिन थाल्छ। यसको अतिरिक्त कस्मेटिक साह्रै महंगा पनि हुन्छन्, र यीनमा मिसाइको रसायनले छालामा नराम्रो असर पनि पार्छ।

कहिलेकाँही तपाई सोच्नुहुन्छ होला कि, पिम्पलको समस्याबाट छुटकरा पाउन कुनै सजिलो प्राकृतिक तरिका छैन ? यकीन मान्नुहोस् यस्तो उपाय छ। र यस्तो उपायले पिम्पलको समस्याबाट सधैंका लागि छुटकरा पाउन सकिन्छ । यो उपाय महिला र पुरुषका लागि बराबर उपयुक्त हुन्छ।

यो आलेखमा हामी तपाईलाई नुनको प्रयोगबाट सजिलै पिम्पल हटाउने उपायबारे बताउँदै छौं । जसलाई तपाईले नियमित रुपमा अपनाउनुभयो भने पिम्पलबाट सधैंका लागि छुटकरा पाउन सकिन्छ।

यो एउटा उपायबाट तपाईले क्लीन्जिङ, स्क्रबिङ र मस्चराइजिङको फाइदा लिन सक्नुहुन्छ। जसलाई त्वचाको कम्पलिट देखभाल मानिन्छ। कुनै सिसाको भाँडोमा एक चम्मच नुन राख्नुहोस। त्यसमा सोही मात्रामा मह सिसाएर दुई मिनेटका लागि पर्खनुहोस्।

त्यसपछि अनुहारलाई सफा पानीले पाखाल्नुहोस् र अनुहारलाई सुक्न दिनुहोस्। त्यसपछि नुन र महको मिश्रण अनुहारमा लगानुहोस्। फेरि हातलाई सफा पानीमा हल्का भिजाउनुहोस्। भिजेको हातले अनुहारमा सर्कुलर मोशनमा विस्तारै स्क्रबिङ गर्नुहोस्। कम्तिमा ५ मिनेट स्क्रबिङ गरेर अनुहारलाई नर्मल पानीले धुनुहोस्।

एक हप्तामा कम्तिमा दुईपटक यस्तो गर्नुहोस्। नुन एक एन्टी ब्याक्टेरियल प्राकृतिक क्लीन्जर हो। यसले गहिराइमा गएर त्वचाको सफाइ गर्छ। र ब्याक्टेरियाको नाश गर्छ। यस्तै मह प्राकृतिक मस्चराइजर हो। जसले त्वचालाई नरम बनाउनुका साथै त्वचामा निखार पनि ल्याउँछ।

तपाईको प्रतिक्रिया