२०८३ बैशाख २८ सोमबार
Search
Close this search box.

एक चम्चा नुनले बनाउँछ अनुहारलाई सुन्दर र चम्किलो

झापा, गर्मी मौसममा अनुहारमा पिम्पल आउनु सामान्य मानिन्छ। तर जसको त्वचा ओइली हुन्छ, त्यस्ता व्यक्तिले हरेक मौसममा पिम्पल आउने समस्या झेल्नुपर्ने हुन्छ। कस्मेटिक उपायबाट केही समयका लागि यसलाई ठीक गर्न त सकिन्छ, तर केही समय पछि पुनः पिम्पल देखिन थाल्छ। यसको अतिरिक्त कस्मेटिक साह्रै महंगा पनि हुन्छन्, र यीनमा मिसाइको रसायनले छालामा नराम्रो असर पनि पार्छ।

कहिलेकाँही तपाई सोच्नुहुन्छ होला कि, पिम्पलको समस्याबाट छुटकरा पाउन कुनै सजिलो प्राकृतिक तरिका छैन ? यकीन मान्नुहोस् यस्तो उपाय छ। र यस्तो उपायले पिम्पलको समस्याबाट सधैंका लागि छुटकरा पाउन सकिन्छ । यो उपाय महिला र पुरुषका लागि बराबर उपयुक्त हुन्छ।

यो आलेखमा हामी तपाईलाई नुनको प्रयोगबाट सजिलै पिम्पल हटाउने उपायबारे बताउँदै छौं । जसलाई तपाईले नियमित रुपमा अपनाउनुभयो भने पिम्पलबाट सधैंका लागि छुटकरा पाउन सकिन्छ।

यो एउटा उपायबाट तपाईले क्लीन्जिङ, स्क्रबिङ र मस्चराइजिङको फाइदा लिन सक्नुहुन्छ। जसलाई त्वचाको कम्पलिट देखभाल मानिन्छ। कुनै सिसाको भाँडोमा एक चम्मच नुन राख्नुहोस। त्यसमा सोही मात्रामा मह सिसाएर दुई मिनेटका लागि पर्खनुहोस्।

त्यसपछि अनुहारलाई सफा पानीले पाखाल्नुहोस् र अनुहारलाई सुक्न दिनुहोस्। त्यसपछि नुन र महको मिश्रण अनुहारमा लगानुहोस्। फेरि हातलाई सफा पानीमा हल्का भिजाउनुहोस्। भिजेको हातले अनुहारमा सर्कुलर मोशनमा विस्तारै स्क्रबिङ गर्नुहोस्। कम्तिमा ५ मिनेट स्क्रबिङ गरेर अनुहारलाई नर्मल पानीले धुनुहोस्।

एक हप्तामा कम्तिमा दुईपटक यस्तो गर्नुहोस्। नुन एक एन्टी ब्याक्टेरियल प्राकृतिक क्लीन्जर हो। यसले गहिराइमा गएर त्वचाको सफाइ गर्छ। र ब्याक्टेरियाको नाश गर्छ। यस्तै मह प्राकृतिक मस्चराइजर हो। जसले त्वचालाई नरम बनाउनुका साथै त्वचामा निखार पनि ल्याउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit