सम्भोग दाम्पत्य जीवनको सुखको आधार हो । कामसुखबाट मोहित भएकै कारण स्त्री–पुरmषबीच विवाह हुन्छ । ‘काम’ संस्कृत शब्द हो । प्रेमका देवता कामदेवको नामबाट यो शब्दको उत्पत्ति भएको मानिन्छ । कामको अर्थ हो, आनन्दको इच्छा या आकाङ्क्षा । कामशास्त्र नामक एउटा ग्रन्थ छ । भनिन्छ, प्रजापतिले एक लाख अध्यायको यो ग्रन्थ लेखेका थिए । पछि मनुष्यको कल्याणका निम्ति यसलाई सङ्क्षेपमा प्रस्तुत गरियो । महादेवको इच्छाअनुसार नन्दीले एक हजार अध्यायको यसको सारांश तयार गरे । यसलाई अझै उपयोगी बनाउनका लागि ऋषि श्वेतकेतुले पाँच सय अध्यायमा ल्याए । समयक्रममा विभिन्न आचार्यहरुले यसलाई सङ्क्षिप्त बनाउँदै गए र यसका स्वतन्त्र ग्रन्थहरु पनि तयार भए ।
पछि वात्सायनले सबै स्वतन्त्र ग्रन्थहरुलाई जोडेर कामसूत्र लेखे । जसको नाम कामशास्त्र रहन रह्यो ।
कामशास्त्रका अनुसार सबै युवतीले कुनै विश्वासी वृद्ध दासी, विश्वस्त साथी, दिदी आदिबाट एकान्तमा कामकलासम्बन्धी ६४ कलाको ज्ञान प्राप्त गर्नुपर्छ । यी कला सम्भोगसम्बन्धी मात्र नभई जीवनलाई राम्रो बनाउनसँग सम्बन्धित छन् । यदि यी कलाको ज्ञान प्राप्त गर्ने हो भने उसको पारिवारिक जीवन राम्रो हुन्छ । उसले आफ्ना पतिको हृदयमा राज गर्न सक्छे । यदि पुरmषले पनि यी कला धारण गर्यो भने ऊ आफ्नी पत्नीको आकर्षणको केन्द्र बन्न सक्छ । हाम्रो समाजमा विवाह गर्नुपर्ने चलन छ । यसपछिको दुईबीचको यौनसम्बन्धलाई समाजले मान्यता दिन्छ । विभिन्न पौराणिक घटनाहरु पढ्दा भने अनौठा खालका यौन प्रसङ्गहरु भेटिन्छन् । आफ्नै नातेदारका बीचमा समेत सम्भोग हुने गरेको देखिन्छ । यस्ता सम्बन्धहरुलाई प्रतीकका रुपमा बुझ्नुपर्ने धारणा राख्नेहरु पनि धेरै छन् । अहिलेको अवस्थामा यस्ता प्रसङ्गलाई प्रतीकका रुपमा बुझ्ने मानिसहरु भने निकै कम छन् । जसले प्रतीकका रुपमा बुझ्नुपर्ने धारणा राख्छन्, उनीहरुले पनि फरकफरक अर्थ लगाउने गरेका पाइन्छ । यदि यी घटनाहरुबाट तिनमा लुकेको प्रतीकलाई हटाइदिने हो भने निकै अचम्म लाग्दा प्रसङ्ग भेटिन्छन् । तीमध्ये केही निम्न छन् –
माधवीको चार जनासँग सम्भोग
राजा ययातिकी छोरी थिइन् माधवी । महाभारतको उद्योगपर्वमा यो प्रसङ्ग उल्लेख छ । यो प्रसङ्ग सुरm हुन्छ, विश्वामित्रका शिष्य गालवबाट । आफ्नो अध्ययन पूरा गरिसकेपछि गालवले गुरm विश्वामित्रलाई गुरmदक्षिणा दिएर आफू गृहस्थाश्रममा फर्कन चाहे । विश्वामित्रले उनलाई गृहस्थाश्रममा प्रवेश गर्ने अनुमति दिए, तर गालवले गुरmदक्षिणा दिने कुरा गरिरहेपछि विश्वामित्रले आवेशमा आएर भने, “तिमीले मजस्तो गुरmलाई सन्तुष्ट गर्नका लागि आठ सय वटा कालो कान भएका र सेतो वर्णका घोडा गुरूदक्षिणाका रुपमा देऊ ।”
यस्तो घोडा अत्यन्तै दुर्लभ हुन्थ्यो । तैपनि गालवले हार मानेनन्, त्यसका लागि केही समय मागे ।
आफ्नो मित्र गरुडको सहयोगमा उनी यस्ता घोडा खोज्न चारैतिर घुमे, तर भेटेनन् । केही नलागेपछि उनीहरुले राजा ययातिसँग सहयोग मागे । राजा ययातिसँग पनि त्यस्ता घोडा थिएनन् । उनले राजसूय यज्ञ गरेर सबै घोडा र कोष रित्याइसकेका थिए । ययातिले आफ्नी छोरी माधवी दिए र माधवीको प्रयोग गरेर आठ सय घोडा प्राप्त भइसकेपछि छोरी फिर्ता गरिदिन भने । माधवीलाई सुरूमा अयोध्याका राजाकहाँ लगियो । माधवीको सुन्दरतामा मुग्ध भएका राजा माधवीसँग भोग गर्नका लागि आफूसँग भएका दुई सय वटा सेता घोडा दिन तयार भए । उनी र माधवीबाट एउटा बच्चा जन्मियो । एवम् रीतले काशीका राजा दिवोदास र भोजराज उशीनरकहाँ पनि माधवीलाई पालैपालो पु¥याइयो । दुवै राजा र माधवीको संयोगबाट एकएक छोरा जन्मिए । दुवै राजाहरुले दुईदुई सय वटा घोडा दिए । छ सय वटा घोडा जम्मा भए । अझै दुई सय वटा पुगेन । पृथ्वीमा कतै पनि त्यस्ता घोडा नपाएपछि र विश्वामित्रले दिएको समयावधि सकिन लागेपछि गालवले विश्वामित्रको शरण लिए र बाँकी दुई सय वटा घोडाको सट्टा माधवीलाई नै स्वीकार गर्न अनुरोध गरे । विश्वामित्रले उनको आग्रह स्वीकार गरे । विश्वामित्र र माधवीबाट पनि बच्चा जन्मियो ।
त्यसपछि माधवीलाई ययातिकहाँ नै फिर्ता गरियो । यस बेलासम्म पनि माधवीको सुन्दरतामा कुनै कमी आएको थिएन । अब उनको स्वयंवर गर्ने चर्चा चल्न थाल्यो । माधवीले अब कसैलाई पति नबनाउने निर्णय गरिन् र तपस्या गर्ने बाटो रोजिन् ।
यमीको आफ्नै दाइबाट सन्तान जन्माउने इच्छा
यमकी बहिनी यमीले आफ्ना जुम्ल्याहा दाइसँग प्रेम गर्ने र सन्तान जन्माउने इच्छा राखिन् । उनको प्रस्ताव अस्वीकार गरियो । अस्वीकारको कारणमा देवताहरुका पहरेदार वरुणले देख्छन् भनियो । यमीले यो भनाइ मानिनन् । वरुणले देखे भने बरु आशीर्वाद दिनेछन् भनिन् । यो ऋग्वेदको प्रसङ्ग हो । यसभन्दा अगाडिको प्रसङ्ग उल्लेख भएको भेटिँदैन ।
वपुष्टमा र इन्द्र
वपुष्टमा काशीका राजा सुवर्णवर्माकी छोरी थिइन् । उनको विवाह राजा परीक्षितका छोरा जनमेजयसँग भयो । एकपटक जनमेजयले अश्वमेध यज्ञ गरे । यज्ञमा मारिएको घोडासँग वपुष्ठमा शास्त्रीय विधिअनुसार सुतिन् । वपुष्टमालाई प्राप्त गर्नका लागि इन्द्र लालायित थिए । उनले मृत घोडामा प्रवेश गरेर रानीसँग संसर्ग गरे । यो कुरा थाहा पाएर जनमेजयले रानीलाई त्यागिदिने विचारले भने, ‘आजदेखि क्षत्रीय अश्वमेध यज्ञमा इन्द्रको यजन गरिने छैन ।’ जनमेजयको कुरा सुनेर गन्धर्वराज विश्वावसुले राजासँग व्यर्थैमा रानीको चिन्ता गर्नु आवश्यक नभएको र त्यो रात यज्ञशालामा रानीको रुप इन्द्रद्वारा पठाइएकी अप्सरा रम्भाले धारण गरेकी थिइन् भनेर सम्झाए । जनमेजयले रानीलाई स्वीकार गरे । महाभारत आदिपर्वको प्रसङ्ग हो यो ।
सत्यवती र पराशर
महाभारतमा उल्लेख भएको एउटा प्रसङ्गमा ऋषि पराशर र सत्यवती मत्स्यगन्धाले खुल्ला स्थानमा यौनक्रीडा गरेका थिए । कथाअनुसार एकपटक पराशर मुनि सत्यवतीको डुङ्गामा बसेर यमुना तरिरहेका थिए । उनी सत्यवतीको रुपमा आसक्त भए र सहवास गर्न चाहेको भावना व्यक्त गरे । सत्यवतीले आफू कुमारी भएको र पराशरजस्ता ब्रह्मज्ञानीले आफूसँग सहवास गर्न उचित नभएको बताइन् । पराशरले सहवासपछि पनि सत्यवती कुमारी नै रहने भनेपछि उनीहरुको बीचमा सहवास भयो । पराशरले आफ्नो योगबलले चारैतिर कुहिरीमण्डल बनाइदिए कसैले नदेखून् भनेर । पछि सत्यवतीबाट वेदव्यास जन्मिए ।
इन्द्र र अहिल्या
इन्द्र र अहिल्याका बारेमा ब्राह्मण, रामायण, महाभारत, पुराण आदि ग्रन्थहरुमा उल्लेख पाइन्छ । जसअनुसार स्वर्गका राजा इन्द्र गौतम ऋषिकी पत्नी अहिल्यामाथि आसक्त भए र उनीसँग सम्भोग गरे । उनीहरु दुईलाई एकान्तमा गौतम ऋषिले देखे र श्राप दिँदै इन्द्रलाई हजार नेत्र भएको र अहिल्यालाई पत्थरमा बदलिदिए । यौनका यस्ता अरु थुप्रै प्रसङ्गहरु छन् –
१. दक्ष प्रजापतिको समयबाट मैथुनको सृष्टि प्रारम्भ भयो । यस्तो सृष्टिमा नारदले बाधा उत्पन्न गरेपछि दक्षले उनलाई स्राप दिएर भष्म गरिदिए । देवताहरुको अनुरोधपछि ब्रह्मले दक्ष प्रजापतिबाट एउटी कन्या कन्यादान गरेर लगे र उनैद्वारा नारदलाई पुनर्जन्म दिए ।
२. अर्जुन र उलुपीको बीचमा पनि उलुपीको इच्छाअनुसार यौन सम्बन्ध गाँसिएको थियो । यसमा अर्जुनले अस्वीकार गर्न खोज्दा उलुपीले विभिन्न तर्क गरेर यो कार्य धर्मविपरीत नहुने भनेर सम्झाएकी थिइन् ।
४. शिवपुराणको एउटा प्रसङ्गअनुसार पार्वतीको विवाह हुँदै थियो । ब्रह्मा पुरोहित बनेका थिए । त्यही क्रममा उनले पार्वतीका खुट्टा देखे र कामले आसक्त बने । उनी कर्मकाण्ड गराउँदागराउँदै स्खलित भए ।
५. भविष्यपुराणको एउटा कथाअनुसार अत्रि ऋषिकी अनुसूया नाम गरेकी सुन्दर पत्नी थिइन् । ब्रह्मा, विष्णु र महेश्वर उनी भएको ठाउँमा गए । ब्रह्माले अनुसूयासँग सम्भोगका लागि अनुमति मागे । तीनै देवताले उनीमाथि अश्लील व्यवहार गरे ।
६. देवी भागवतका अनुसार चन्द्रमाले गुरूपत्नीलाई आफूसँग राखे । गुरूले बारम्बार पत्नीलाई फिर्ता माग्दा पनि उनले दिएनन् । लामो समयसम्म सँगै रहेपछि चन्द्रमा र ताराबाट एउटा छोरा जन्मियो ।
७. देवताहरुका गुरm बृहस्पतिले आफ्नै दाइकी पत्नीसँग जबर्जस्ती गरे । ममता (बृहस्पतिकी भाउजू) ले बृहस्पतिको मनमानीको विरोध गर्न चाहँदा देवताहरुले ममतालाई राम्रो–नराम्रो भनेर गाली गरे ।
८. ब्रह्मवैवर्त पुराणका अनुसार कुब्जा पूर्वजन्ममा रावणकी बहिनी सुपर्णखा थिइन् । उनले त्यस बेला रामसँग भोगको इच्छा गरेकी थिइन् । उनको त्यो इच्छा श्रीकृष्णावतारमा आएर पूरा भयो ।
९. ऋग्वेदका अनुसार उर्वशी नामक अप्सरालाई देखेर वरुणको वीर्य स्खलित भयो । वीर्य घडामा गएर खस्यो र त्यसबाट वशिष्ठ ऋषि जन्मिए ।
वैदिक समाजमा बुबा र छोरी तथा हजुरबुबा र नातिनीमा समेत मैथुनको सम्बन्ध भएको देखिन्छ
१. ऋषि वशिष्ठले आफ्नी छोरी शतरुपमासँग यौन सम्बन्ध राख्थे । मनुले आफ्नी छोरी इलासँग विवाह गरे । जहानुले आफ्नी छोरी जहान्वीसँग विवाह गरे । सूर्यले आफ्नी छोरी उषासँग विवाह गरे । यी हरिवंश पुराणका प्रसङ्ग हुन् ।
२. धहप्रचेतनी र उनका छोरा सोम दुवैले सोमकी छोरी मारिषासँग सम्भोग गरेका थिए ।
३. दोहित्रले आफ्नी २७ जना छोरीहरुलाई आफ्नै बुबा सोमलाई सन्तान उत्पत्तिका लागि सुम्पिए ।
शास्त्रहरुमा उल्लेखित घटना पढ्दा लाग्छ, त्यस बेला यौनसम्बन्ध खुला रुपमा हुने गथ्र्यो । सम्भोगको सम्बन्ध गाँस्नुलाई धर्म वा पापका रुपमा हेरिँदैन थियो ।
शास्त्रमा पशुका साथमा सम्भोग गरेका घटनाहरु पनि उल्लेख छन्
१. यजुर्वेदका मन्त्रहरुमा अश्वमेध यज्ञपरक अर्थहरुमा यजमानकी पत्नीद्वारा घोडाको लिङ्ग पक्रेर आफ्नो योनिमा हालेको, पुरोहितद्वारा राजाका पत्नीहरुसँग अश्लील उपहास गरिएको जस्ता वर्णनहरु भेटिन्छन् ।
२. ऋषि किन्दमले हरिणका साथमा मैथुन गरेका थिए ।
३. सूर्यले घोडीको साथमा मैथुन गरेका थिए ।
४. अश्वमेध यज्ञमा स्त्रीद्वारा घोडाको साथमा मैथुन गर्ने गरिन्थ्यो ।
विवाहपूर्व यौन सम्बन्ध
पौराणिक युगका कथाहरुमा विवाहपूर्व यौनसम्बन्ध गाँसिएका प्रसङ्गहरु पनि आउँछन्– मेनका, चित्राङ्गदा, चित्रलेखा, कुन्ती, सत्यवती आदि ।
वैदिककालमा कन्या शब्दको अर्थ पनि अहिलेको जस्तो थिएन । यसको अर्थ हुन्थ्यो, त्यो केटी जो कुनै पनि पुरmषको साथमा सम्भोग गर्नका लागि स्वतन्त्र छे । कुन्ती र मत्स्यगन्धा यसका उदाहरण हुन् ।
कुन्तीबाट पाण्डुसँग विवाह हुनुभन्दा पहिल्यै बच्चा जन्मिएको थियो ।
परपुरूषसँग पत्नी
राम्रो सन्तान जन्माउनका लागि आर्यहरुले देव नामक एउटा वर्गका कुनै पनि पुरmषका साथमा आफ्ना महिलालाई सम्भोग गर्ने अनुमति दिन्थे । जसलाई अवदान भनिन्थ्यो ।
शास्त्रमा नियोगका आधारमा एउटी महिलालाई एघार जनासम्म पति राख्ने र तीबाट दस जना सन्तान जन्माउने छुट दिइएको छ ।
खुल्ला यौन
आर्यहरु खुलेआम सबैको सामुन्ने मैथुन गर्थे । ऋषिहरु केही धार्मिक रीतिहरु गर्थे, जसलाई वामदेव–विरत भनिन्थ्यो । यी रीतिहरु यज्ञभूमिमै गरिन्थ्यो । यस्ता सामूहिक यौनक्रीडामा सम्भ्रान्त वर्गका मानिसहरु उपस्थित हुन्थे । हरेक पुरूषले हरेक स्त्रीसँग सम्भोग गरेर सन्तुष्ट गराएपछि यो उत्सव समाप्त हुन्थ्यो ।
यदि कुनै स्त्रीले पुरोहितकै सामुन्ने सम्भोग गर्ने इच्छा प्रकट गरे पनि उसका साथमा उसले इच्छाएको पुरmषद्वारा सबैको सामुन्ने मैथुन गरिन्थ्यो । यस्ता प्रसङ्गलाई प्रतीकका रुपमा बुझ्नुपर्ने धारणाहरु राख्नेहरुले आफ्नो मत फरक रुपमा व्यक्त गरेका छन् । जस्तै– यम र यमीको प्रसङ्गमा दाजु–बहिनीको संवादको माध्यमबाट शिक्षा दिइएको हो । यम भनेको दिन र यमी भनेको दिन रात हो ।
यस प्रसङ्गमा उनीहरुले यम र यमीबीचको यो भनाइलाई पनि प्रस्तुत गर्ने गरेका छन् – यमीले दाइसँग विवाहको प्रस्ताव राख्दा यमले भन्छ, ‘बहिनीसँग कुत्सित व्यवहार गर्नु पाप हुन्छ । पहिलापहिला कुनै पनि दाजु–बहिनीले विवाह गरेका छैनन् । त्यसैले तिमी अर्कै पुरूषकी पत्नी बन ।’
उनीहरुले शास्त्रमा उल्लेखित यी तर्क पनि राख्ने गरेको पाइन्छ
१. ऋग्वेदको एउटा प्रसङ्गमा भनिएको छ– जसले आफ्नै बहिनीसँग विवाह गरेर सन्तान जन्माउँछ, उसका सन्तान त मर्छन् नै, उसको पनि नाश हुनेछ ।
२. अथर्ववेदका अनुसार यदि सपनामा समेत दाइ या बुबालाई भुलेर प्राप्त भयो भने पनि यस्तो गुप्त पापीलाई औषधिको प्रयोगबाट नपुंसक गरेर मारियोस् ।अनुमान गर्न सकिन्छ, यसरी आफन्तको बीचमा हुने सम्बन्धबाट जन्मिने सन्तान अविकसित रहने तथ्यसँग उनीहरु बिस्तारै जानकार हुँदै गए होलान् । सुरmमा आमा–बुबा र उनीहरुका बच्चाबीचको सम्भोगमा नियन्त्रण भएर पछि नजिकैका नातेदारहरुसँग सम्भोग गर्न सकिने नियम लागू भयो होला । त्यस बेला सबै महिला–पुरmष एक–अर्काका पति–पत्नी हुन सक्थे । काका या ठूलो बुबाका भाइ–बहिनीसँग सुविधाअनुसार सम्भोग गर्न सकिन्थ्यो ।
बिस्तारै यो नियममा बन्देज लगाइयो । यो नियम पूरै लागू हुन लामो समय लाग्यो । आफ्नो नातेदारमा जति सजिलै सम्बन्ध राख्न सकिन्थ्यो, टाढाका मानिससँग गाह्रो हुन्थ्यो । त्यसैले पनि नयाँ नियम लागू हुन समय लागेको होला । यसैमा अर्को खालका तर्क गर्नेहरु पनि छन् । जसअनुसार पहिलापहिला विवाह गर्ने चलनै थिएन । महिलाले आफूले चाहेको पुरmषसँग सहवास गरेर बच्चा जन्माउन सक्थे । उक्त पुरmषसँग बस्ने आफ्नो इच्छा नभएपछि त्यहाँबाट अर्कै पुरूषकहाँ जान सक्थे । बिस्तारै मानिसहरु समूहमा बस्न थाले । एउटा समूहले अर्को समूहका स्त्री र बच्चाहरुलाई लुट्न थाले । यसले गर्दा स्त्रीलाई आफ्नो अधिकारमा राख्नुपर्ने आवश्यकताले जन्म लियो । पछि देश बन्न थालेपछि राजा या शक्तिशाली मानिसहरुले आफूलाई मन परेकी स्त्रीलाई लगेर प्रयोग गर्ने चलन पनि व्यापक भयो ।
यसरी महिलालाई सुरक्षा दिने क्रममा बिस्तारै विवाहजस्तो अनौठो चलन चल्यो ।
सम्भोगमा महिला–पुरूषमा को बढी सन्तुष्ट ?
एकपटक भीष्म पितामहसँग युधिष्ठिरले प्रश्न सोधे, ‘महिला र पुरmषमध्ये सम्भोगको समय कसले बढी आनन्द प्राप्त गर्छ ?’
यस प्रश्नको उत्तरमा भीष्मले भङ्गस्वाना र सकराको कथा सुनाए–
धेरै समय पहिला भङ्गस्वाना नाम गरेका एक राजा थिए । उनका सन्तान थिएनन् । छोरा पाउने इच्छाले उनले ‘अग्निष्टुता’ नाम गरेको यज्ञ गरे । त्यस यज्ञमा भगवान्लाई मात्रै हवन गरिने भएकाले आफूले नपाएकोमा देवराज इन्द्र क्रोधित बने ।
भङ्गस्वानाले कुनै गल्ती गर्लान् र सजाय दिऊँला भनेर इन्द्र मौका खोज्न थाले । राजाले कुनै गल्ती छाडिरहेका थिएनन्, इन्द्रको क्रोध बढ्दै गइरहेको थियो ।
एक दिन भङ्गस्वाना शिकारमा गएको मौका पारेर बदला लिने सोचले इन्द्रले उनलाई सम्मोहित गरे ।
राजाले सम्मोहनमा परेर होश गुमाए र जङ्गलमा भट्किन थाले । उनले आफ्ना सैनिकसमेत देखेनन् । भोक र प्यासले पीडित भइरहेका बेला उनले अचानक एउटा सानो नदी देखे । त्यहाँ गएर घोडालाई पानी पिलाए र आफूले पनि पिए ।
पानी पिएपछि उनको शरीर स्त्रीको हुन थाल्यो । लाजका कारण उनी विलाप गर्न थाले ।
विलाप गर्दै उनी स्त्री बनेरै दरबार फर्के ।
राजालाई स्त्री रुपमा देख्दा सबै अचम्ममा परे । राजाले दरबारमा सभा बोलाए र आफू राज्य सम्हाल्न योग्य नरहेको भन्दै जङ्गलमा गएर बाँकी जीवन बिताउने निर्णय गरे ।
स्त्रीका रुपमा जङ्गलमा बस्न थालेका राजाले त्यहीँ सन्तान जन्माए । आफ्ना छोरालाई आफ्नो राज्यमा लगेर उनले पुराना र नयाँ सबै छोराहरुलाई मिलेर राज्य गर्न भने र आफू पुनः जङ्गल फर्किए ।
राजाका सबै छोराहरुले मिलेर राज्य चलाउन थाले ।
राजालगायत उनका सन्तान सुखपूर्वक रहन थालेको देखेर इन्द्रको रिस झनै बढ्यो । उनमा अझै बदला लिने भाव बढ्यो । आफूले राजालाई स्त्री बनाएर दुःखको सट्टा सुख पु¥याएको सम्झेर उनले एक ब्राह्मणको रुप धारण गरे र भङ्गस्वनाको राज्यमा पुगे । त्यहाँ पुगेर उनले सबै राजकुमारहरुलाई उचाल्न सुरm गरे ।
इन्द्रको कुरा सुनेर सबै भाइ आपसमा लड्न थाले र एक–अर्कालाई मारिदिए । आफ्ना छोराहरु आपसमा लडेर मरेको सुनेर भङ्गस्वना शोकाकुल बने । ब्राह्मणको रुप बनाएर इन्द्र राजाकहाँ पुगेर रmनुको कारण सोधे । राजाले सबै घटना इन्द्रलाई बताए । इन्द्रले आफ्नो असली रुप देखाएर राजाको गल्तीका बारेमा बताइदिए ।

















