‘असफलता नै सफलताको श्रेय हो’ भने झैं झापा राजगढका लोकबन्धु कटुवाल एकाएक सफलताको उचाईमा पुगे । २०४६ सालमा प्रवेशिका परीक्षा (एसएलसी) परीक्षामा सहभागी हुँदा कै बखत उनका बुवाको निधन भयो ।
त्यतिबेला उनी गणित विषयको परीक्षा लेखिरहेका थिए । जब उनी परीक्षा लेख्दै थिए उति नै बेला बुवा केशरसिंह कटुवालको मृत्युको खबर सुने । त्यहाँस्थित पशुपति माविमा अध्ययन गरेका उनले सोही कारण एसएलसी परीक्षामा आफूले चाहेजस्तो गणित विषयमा अंक हासिल गर्न सकेनन् । तिक्ष्ण बुद्धी भएका उनी गणित विषयमा कमजोर भएकै कारण उनलाई धेरैले गिज्याए पनि अनि धेरैले असहयोग गरेकै कारण उनले सोही विषय उच्च शिक्षाका लागि रोजे ।
निरन्तरको मेहनत र लगावका कारण उनले मेची बहुमुखी क्याम्पस भद्रपुरबाट मेजर म्याथ स्नातक तह उत्र्तीण गरे । कनकाई क्याम्पस सुरुङ्गाबाट नेपाली विषयमा स्नातकोत्तर गरेका उनले सोही क्याम्पसबाट एक वर्षे बिएड समेत गरे । सरकारी सेवामा २०६६ साल पुसबाट प्रवेश गरेका उनी अहिले महेन्द्र निमावि शरणामतीस्थित पन्थापाडामा गणित विषयको शिक्षण गर्छन् । आफू एसएलसी परीक्षामा बुवाको निधनले कमजोर अंक ल्याएर उत्तीर्ण भएको सम्झदै अगाडि भन्छन्– ‘बुवाको आशिर्वाद लिएर पढाइलाई निरन्तरता दिए, हिजो खुट्टा तान्नेहरु नै आज मेरो पछि लागेका छन्, मलाई आउँदैन, म जान्दिन, म जान्दै जान्दिन भनेर प्रत्यन नगरेको भए आज म यहाँ हुने थिइन् ।’ २०५३ सालबाट शिक्षण पेसा रोजेका उनको दैनिकी अहिले १६ घण्टासम्म पठनपाठन गराउनु हो । उनी विहान ३ बजेदेखि उठेर ट्युटन पढाउन तल्लीन हुन्छन् भने विहानै क्याम्पस अनि १० बजेपछि स्कूल, पुनः साझैसम्म उनी ट्युसन पढाउन व्यस्त हुन्छन् । उनी बिएसम्म पढ्ने विद्यार्थीलाई ग्रामीण क्षेत्रमा बसेर अध्यापन गराउँछन् ।उनका विद्यार्थी झण्डै दुई दर्जनभन्दा बढी विद्यालयमा अध्ययन गर्ने ट्युसन पढ्न आउने गरेका छन् । लोकबहादुर कटुवालबाट उनी ट्युसन पढाएकै भरमा एसएलबी कटुवाल बने । विद्यार्थीले रुचाएका शिक्षक हुन् उनी । उनले एउटा ट्युसन कक्षामा दुई सयसम्म विद्यार्थी राखेर पढाउँछन् ।
बिहान ४ बजेदेखि नै उनी लाल्टिन बालेर विद्यार्थी ट्युसन पढाएकापे सम्झदै भन्छन् – ‘पढाएको विद्यार्थीले डिस्टिन्सन ग¥यो, फष्ट भयो भन्दा मनै हलुङ्गो हुँदो रहेछ ।’ उनका विद्यार्थी चकचकी, शरणामती, राजगढ, डाँगीबारी, जलथल, गोलधाप, घेराबारीबाट अध्ययनका लागि घरैमा भेला हुन्थे भने अहिले पनि उत्तिकै विद्यार्थी आउने गरेका छन् । एसएलसी दिने विद्यार्थीले त उनको ट्युसन नपढी चित्तै बुझाउँदैनन् । चाहे फष्ट होस् या त स्कूल फष्ट नै किन नहोस् एसएलबी कटुवालले विद्यार्थीलाई ट्युसन नपढाई हुँदै नहुने । स्थानीय ज्ञानज्योति उच्च माविमा समेत अध्यापन गराउने एसएलबी ट्युसन पढाएरै दक्षिण क्षेत्रमा चिनिएका स्थापित शिक्षक हुन् । उनलाई ट्युसनले नै चिनायो । त्यहाँका अधिकांश अभिभावकको भनाइ एउटै छ– एसएलबीले गणित, नपढाउदा नानी फेल होला कि भन्ने चिन्ताले पिरोल्छ । बुवापछि तेजबहादुर श्रेष्ठलाई सम्झने उनले असफलताले सिकाएको पाठ हो मेरा लागि । गणित विषयमा नै डिग्री गर्ने सोच थियो । पारिवारिक अवस्थाले गणितलाई समय दिन सकिन र नेपालीमा डिग्री गरें । उज्यालो रिमरिम हुन नपाउँदै विद्यार्थी घरमा घेर्न आउँछन् । नपढे कसरी पास गर्ने । त्यही भएर डिग्री गर्न नेपाली विषय रोजें ।
शिक्षासेवीका रुपमा चिनिएका एसएलबीलाई गणितले चिनायो । २०५५ सालबाट ज्ञानज्योति उच्च माविमा शिक्षण पेशामा आबद्ध भएका उनी अहिलेसम्म पनि सोही विद्यालयमा बिहान अध्यापन गर्दै आएका छन् । आफू डेढ महिनाको हुँदा आमाको मृत्यु भएको र बुवा पनि एसएलसी परीक्षा दिएकै समयमा मृत्यु भएकाले मेरो बाल्यकाल सहजै बितेन । उनले भने– इच्छा शक्ति र लगनशीलताले नै मानिसलाई सफल बनाउँदोरहेछ । मैले त्यो बेला पढ्न छोडेको भए कसरी अरुलाई पढाउन सक्थें ।

















