२०८३ असार १० बुधबार
Search
Close this search box.

कुखुराको फन्दामा स्याल !

झापा, चतुर फ्याउरोले कुखुरालाई फकाएर आफ्नो गुफाभित्र लगेर उनीहरुलाई खाएको कथा त सबैले पढेकै छ होला । हाम्रो गाउँ टोलमा पनि स्यालले कुखुरा खाएको नै हेर्न र सुन्न मिल्छ । तर फ्रान्समा भने कथाले अर्कै रुप लिएको छ, अर्थात कुखुराहरु मिलेर स्याललाई मारेका छन् । 

फ्रान्सको एक कृषि स्कुलका विद्यार्थीहरुले जब कुखुरा फार्ममा लगाएको तारबारमा एउटा स्याल मरेको देखे उनीहरु अचम्म परे । घाम डुब्नेबेला स्याल कुखुराको खोरभित्र पसेको र प्रकाश नियन्त्रित ढोका भएकाले घाम डुब्नेबित्तिकै ढोका पनि बन्द हुँदा स्याल भित्रै थुनिएको हुनसक्ने कुखुरा फार्मका प्रमुख पास्कल डेनियलले बताएका छन् ।

उनले बताएअनुसार आएको स्याल खोरभित्रै बन्द भएको र यसको मौका कुखुराले लुटेकाे हाे ।

स्याल खोरभित्र थुनिएपछि कुखुराको बथानले उमाथि ठुँगेर आक्रमाण गरेका थिए र मारेका थिए । यो यस्तो पहिलो घटना भने होइन । सन २०१० सालमा पनि एसेक्सको बासिल्डेनमा ल्याजी, पोङुगो र पेकी नाम गरेका तीन ओटा कुखुराले ठूलो स्थानीय भालेको सहायतामा स्याललाई मारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit