२०८३ बैशाख २५ शुक्रबार
Search
Close this search box.

परीक्षा शुल्क विरुद्ध तालावन्दी 

बिर्तामोड ,कक्षा–८ को परीक्षा शुल्कलाई लिएर अनेररास्ववियु (क्रान्किारी) ले तालावन्दी गरेको छ । क्रान्तिकारी विधार्थी संगठनले सोमवार अर्जुनधारास्थित शनिश्चरे माविमा परीक्षा सञ्चालन गर्ने कार्यलयमा तालावन्धी गरेको हो ।
परीक्षा शुल्क वापतको रकम स्थानीय सरकारले व्यवस्था गर्ने भन्दाभन्दै नगर क्षेत्रभित्रका विधालयले परीक्षा शुल्क वापत विधार्थीबाट २ सय रुपैयाँ लिएपछि तालावन्धी गरेको क्रान्किारी विधार्थी संगठन अर्जुनधाराका अध्यक्ष शेखर भट्टराई जानकारी दिए । उनका अनुसार नगरका २९ वटा विधालयले नीति विपरित परीक्षा शुल्क उठाएका छन् । अर्जुनधारा नगरपालिकाले विधार्थीको परीक्षा खर्च वापत लाग्ने सबै रकम उपलब्ध गराउने जनाएको छ । 
कक्षा–८ को परीक्षा विगतमा जिल्ला स्तरीय रुपमा सञ्चालन हुने गथ्र्याे । अहिले परीक्षाको जिम्मेवारी हरेक स्थानीय तहले आफै गर्ने अधिकार पाएका छन् । जिल्लाको १५ वटा स्थानीय तहमा भिन्नभिन्न मितिमा परीक्षा तयारी भएको छ भने प्रश्न पत्र पनि बेग्लाबेग्लै हुने बुझिएको छ । सोहि नगरको वडा नं. ६ मा रहेको लक्ष्मी माविले पनि विधार्थीबाट जनही २ सय परीक्षा शुल्क उठाएको छ ।
बिर्तामोड नगरपालिका क्षेत्रभित्रका विधालयले कक्षाको ८ को परीक्षा चैत ११ गतेबाट सञ्चालन गर्दैछन् । यस क्षेत्रका विधालयले हालसम्म परीक्षा शुल्क कति लिने भन्ने बारे सहमति नगरेको बताइएको छ । बढिमा १ सय देखि १ सय ५० सम्म लिने तयारी भएको मोहनमाया माविका प्रधानाध्यापक शेर बहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार स्थानीय तह वा राज्य पक्षबाट परीक्षाका लागि लाग्ने खर्च प्राप्त भए विधार्थीबाट कुनै किसिमको शुल्क उठाउनु पर्ने थिएन । प्रश्न तयार गर्ने र प्रश्न पत्र छपाई गर्दा लाग्ने खर्च विधालयसँग नहुने भएपछि विधार्थीबाट सहयोग संकलन गर्ने प्रअ श्रेष्ठको भनाई छ ।
यता, मेचीनगरपालिकाले विधार्थीबाट परीक्षा वापतको कुनै शुल्क नलिन भनेको छ । नगरपालिकाबाट परीक्षा शुल्क नउठाउन निर्देश भएपनि अभिभावकलाई परीक्षाको जानकारी गराउन उठाइएको बाल सुबोधिनी आधारभूत विधालयका प्रधानाध्यापक विश्व थापाले जानकारी दिए । उनले विधार्थीबाट १ सय रुपैयाँ उठाइने जानकारी दिएका छन् । इजलाससँग थापाले भने, शुल्क नलिनु भनेको छ, तर अभिभावकलाई परीक्षा महसुस गराउन पनि लिएका छौ । यो पैसाले विधार्थीलाई शैक्षिक भ्रमण गराउने उनीहरुको तयारी छ । भ्रमणमा लाग्ने खर्च अभिभावकसँग उठाउन मिल्दैन, त्यसैले अहिले उठाएको परीक्षा शुल्कबाटै भ्रमण गराउँछौ–प्रअ थापाले भने । अर्जुनधाराका शिक्षा अधिकारी तोयानाथ रेग्मीलाई पटक–पटक सम्पर्क गर्दा पनि मोवाइल रिसिभ गरेनन् । इजलास दैनिकबाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit