२०८३ असार १२ शुक्रबार
Search
Close this search box.

एसईई फेल हुने डरले माननीय बेहोस भएको खुलासा

झापा, नेकपा सांसद शान्ता चौधरीले आफू एसईई परीक्षाका कारण तनावमा परेको बताउनु भएको छ ।
उहाँले परीक्षा नजिकिँदै जाँदा आफूलाई तनाब भएको र सोही कारण बेहोस भएको बताउनुभयो । गृहजिल्ला दाङमा आयोजित एक कार्यक्रममा सहभागी भएलगत्तै चौधरी मंगलबार अपराह्न अचेत हुनुभएको थियो । स्थानीय अस्पतालमा उपचारपछि उहाँ घर फर्कनुभएको छ । एसईई परीक्षा आगामी १० चैतबाट सुरु हुँदैछ ।

नेकपा संसदीय दलकी सचेतकसमेत रहनुभएकी चौधरीले कामको चापका कारण आफूले पढ्नका लागि समय छुट्याउन नसकेको र तनाव बढेको बताउनुभयो । उहाँले परीक्षा नजिकिँदै गएको विषयले आफूमा तवाब बढेको बताउनुभयो । ‘परीक्षा नजिक आइसक्यो । कहिले संसदको काम त कहिले पार्टीको काममा दौडदाँदौडँदै पढाइमा समय दिन सकिन’, उहाँले भन्नुभयो – ‘परीक्षामा असफल होइन हो कि भन्ने चिन्ताले पिरोल्न थालेको छ ।’ उहाँले पढ्न थालेर गल्ती गरें कि भन्ने पछुतो समेत हुन थालेको बताउनुभयो ।

सांसद भएर पनि एसईईमा फेल भई भनेर खिल्ली उठाउँछन् कि भन्ने चिन्ताले भोक र निन्द्र हराएको छ चौधरीले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit