- सागर गौतम

 

खुदुनाबारी,ठूला र जटिल रोग लागेर औषधि उपचार सहयोगका लागि सिफारिस लिन विपन्न नागरिकहरु जिल्ला स्वस्थ्य कार्यालय जान वाध्य भैइरहेको बेला झापाको अर्जुनधारा नगरपालिकाले कार्यक्रम सञ्चालन गरेको छ ।

यस अघि झापा जिल्ला जन स्वास्थ्य कार्यालयले दिँदै आएको थियो । आठ वटा रोगहरु लागेका विरामी औषधि उपचार सहयोग सिफारिस अब नगरपालिकाले नै दिने भएपछि विपन्न नागरिकहरुलाई राहत मिलेको छ ।

नेपाल सरकारले तोकेको अस्पतालमा उपचार गर्ने गरि नगरपालिकाहरुले विपन्न नागरिकहरुलाई मुटुरोग, मृगौलारोग, क्यान्सर, पार्किन्सस रोग, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी तथा सिकलसेल, एनिमिया रोगहरु उपचारको लागि सिफारिस गर्न सक्ने छ ।
विपन्न नागरिक औषधि उपचार सहुलियत उपलब्ध गराउने प्रयोजनका लागि नगर प्रमुख हरि कुमार रानाको संयोजकत्वमा तीन सदस्यीय कार्यसमिति समेत गठन भएको छ । त्यसको सदस्यमा प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल र सदस्य सचिवमा स्वास्थ्य शाखाका प्रमुख मुकुन्द बस्नेत रहनुभएको छ ।

सो समितिले अर्जुनधारा–११ निवासी वर्षीया ३१ को धिरेन उराव(मृगौला पीडित), अर्जुनधारा–१० बस्ने ६० वर्षीया कमला देवी चापागाई ( मुटु रोगी), वडा–६ बस्ने ३८ वर्षीया मनिका चौलगाई( क्यान्सर), पारस कुमार श्रेष्ठ (मुटुरोगी), रोजिन तामाङ( मुटुरोगी), मान बहादुर भण्डारी( स्पाइनल इन्जुरी) सिफारिस गरिसकेको शाखाका प्रमुख बस्नेतले बताउनुभयो ।

सरकारले विपन्न नागरिक औषधि उपचार कोष निर्देसिका – २०७५ अनुसार नै व्यवस्था गरेको हो । यसअघिको सरकारले विपन्न नागरिक औषधी उपचार कोष निर्देशिका (२०६९ खारेज गरेर नयाँ निर्देशिका नेपालका सबै स्थानीय तहमा लागू भैइसकेको छ ।

तपाईको प्रतिक्रिया