२०८३ बैशाख २५ शुक्रबार
Search
Close this search box.

कौडीमा बेचिन्छ अमुल्य जडिबुटी- पिप्ला

 

रोङ , फागुन २६ । कसैले पनि वास्ता नगरेपछि कछाडमा पाइने औषधिय गुण भएको पिप्ला कौडीको मुल्यमा बेचिने गरेको छ ।
अहिले सम्म कसैले ब्यवस्थित रुपले स्याहार नगरेको र जंगलमानै कुनै रुख र ढुङ्गामा टासिएर हर्कदै फल्ने एक प्रकारको बनस्पति पिप्ला हो जुन आयुरबेदिक उपचारमा प्रयोग हुने गरेको छ । गाउलेहरुलाइ यस्को कुनै महत्व थाहा नभएपनि यो किन्को लागि मानिसहरु आउने भएको कारण यसको फलाइ टिपवेर अति सस्तो मोलमा बेचिने गरेको छ भने यसको उत्पादन हुने क्षेत्रमा यसको ब्यवसाहिक रुपमा खेती गराउन सकिने भएपनि अहिलेसम्म कसैले ध्यान दिएको पाइदैन ।
आफ्नै बारीको बुट्यानमा हुर्किएको पिप्ला एक बोटमानै करिव सात देखी नौ किलो सम्म हुने गरेको पिप्ला टिपेर उसिन्नु पर्ने सुकाएपछि प्रतिकिलो पाच सय रुपैयामा ब्यपारिहरुले किन्ने गरेको रोङ ६ का गणेस राइले बताए । राइका अनुसार उनको गाउमा करिव २ सय किलो जति पिप्ला संकलन गरिने गरेको छ ।
आयुरबेदिक औषधिहरुमा प्रयोग गरिने पिप्लामो महत्ल के रहेको छ भन्ने बारेमा मेची अञ्चल आयुबेदिक अस्पतालका प्रमुख खगेन्द्र पौड्याल सग बुझ्दा रुधा , खोकी, कर्मी र दमको उपचारमा पिप्लाबाट बनेका औषधीहरु र पिवप्ला चुर्णको प्रयोग हुने गरेको छ । यसलाइ सुकाएर घिउमा भुडेर धुलो बनाएर उक्त रोगीहरुले एक देखी दुइ ग्राम प्रयोग गरे फाइदाकारी हुने बताए साथै अपच र् एन्टिबायोटिक्समा समेत यसको प्रयोग गरिने गरेको छ ।
अहिलेसम्म नेपालमा भारतिय कम्पनिहरुबाटनै यस प्रकारको औषधिहरु भित्रने गरेको र नेपालमा ब्यवसायिक खेती नगरेको कारण जिल्ला बन कार्यलयसगको समन्वयमा यसको खेत ीगर्न सकिने र प्रदेश नं १ सरकारले आयुबेदिक उत्पादन तथा प्रसोधन कार्य संचालन गरिने बताइएको छ ।
यसको बारेमा पिप्ला उत्पादन क्षेत्र रोङ गाउपालिकाको अध्यक्ष समसेर राइसग सम्पर्क गर्दा रोङमा यसको उत्पादनको अवस्था ,उत्पादनको संभावनाको खोजी, अध्ययन गरि बजारीकरण , बिस्तारको लागि प्रकृया अघि सारिने बताए ।
सुखि नेपाली समृद्ध नेपालको नारा घन्काउने सरकारले नागरिकहरुको आय आर्जनको लागि संभावना बकेको यस्ता जडिबुटी खेतीमा प्रोत्साहित गर्न सके नागरिकको आम्दामिबढाउनेमात्र हैन देश पनि आत्मा निर्भर हुन सक्ने गतिलो संभवना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit