शंकर थापाः अध्यक्ष
जिल्ला खेलकुद विकास समिति
बिर्तामोडमा जारी झापा गोल्डकप समग्र झापालीको शानको विषय हो । यसले झापा गोल्डकपलाई उत्कृष्टता प्रदान गर्न सकेको छ । यसमा ब्यपस्थापन पक्षको म प्रशंसा गर्न चाहन्छु ।
जिल्ला खेलकुद विकास समिति पनि झापा गोल्डकपको सह–आयोजकको रुपमा रहेको छ । यसले झापा गोल्डकपको उच्चाई थप बढाएको छ । विगतका वर्षहरुमा भन्दा यस वर्ष झापा गोल्डकपले थप मेनहत गरेर सबै पक्षसँग छलफल गर्दै सबैको साझा बनाउने प्रयास गरिएको छ ।
यसको हामी सबैले अनुसरण गर्न जरुरी रहेको छ । झापाको सेन्टरमा रहेको डोमालाला राजवंशी रंगशालालाई केही भूमाफीयाहरुले ब्यक्तिको नाममा पु¥याएको सुनेको छु । त्यसलाई स्थानीय, प्रदेश र संघीय सरकारले जस्तो कुनै निर्णय गरेर भए पनि उक्त जग्गा रंगशालाको नाममा ल्याउनुपर्छ । यसलाई अन्तर्राष्ट्रिय स्तरको डिजाइन गरेर विदेशी टिमलाई पनि बढीभन्दा बढी सहभागिता गराउन सकेका झापा गोल्डकपको सान अझ बढ्ने थियो ।
गोपालकुमार बस्नेतः संस्थापक अध्यक्ष
वीरता जेसीज
झापा गोल्डकप मेची अञ्चलकै प्रतिष्ठाको रुपमा विकसित भइसकेको छ । यो झापाको मात्र होइन पूर्वकै सान हो । यसले झापालीलाई खेलप्रति अझ झुकाव बढाउन मद्दत मिलेको छ भने झापा गोल्डकपले देशको खेलकुद क्षेत्रको विकासमा टेवा पु¥याएको छ ।
झापा गोल्डकपमा सबै उद्योगी, समाजसेवी, शिक्षासेवी, राजनीतिक दल, लगायत समग्र झापालीको सहभागिता रहनु गौरवको विषय हो । विगत चार वर्षदेखि जारी झापा गोल्डकपमा आयोजकले हिसाबमा पारदर्शीता देखाउनुपर्छ । कुनै पनि कारणले विवादमा नआउने काम गर्दै अघि बढेमा झापा गोल्डकप देशकै नमुना गोल्डकपको रुपमा स्थापित हुने कुरामा दुईमत छैन् ।
झापा गोल्डकप चलिरहेका रंगशालालाई कानूनी रुपमा आफ्नो बनाउन सकेमा त्यसको विकास आफैं हुनेछ । ब्यक्तिको नाममा जग्गा भएको कुराले कसैले पनि खुलेर सहयोग गरेको अवस्था छैन । त्यसैले रंगशालालाई कानूनीरुपमा सरकारको मातहतमा ल्याएमा यहाँ स्थायी प्यारापिट निर्माणका साथै अन्य खेलकुदलाई पनि समावेश गर्न सकिने थियो ।
लीला चिमरिया
युवा ब्यवसायी
झापा गोल्डकपले खेलकुदको क्षेत्रमा उल्लेखनीय प्रगति गर्न सफल भएको छ । यसले झापाको मात्र नभएर देशको खेलकुद क्षेत्रमा ठूलो योगदान पु¥याउन सफल भएको छ ।
झापा गोल्डकप चलिहरेका बेला यहाँ सबै राजनीतिक दल, विभिन्न धर्म, जात, समुदाय, सबै वर्गलाई एकीकृत गर्दै एकतामा बाध्न सफल भएको छ । यो झापा गोल्डकपको राम्रो पक्ष हो । खेलकुद सबैभन्दा माथि हुन्छ भन्ने उदाहरण पनि हो ।
झापा गोल्डकपमा महेन्द्रकुमार गिरीले नेतृत्व गरेसँगै खेल क्षेत्रको चाम पनि बढेर गएको अनुभव गरेको छु । कुशल ब्यवस्थापन यसको प्रशंसा गर्न योग्य कुरा हो । साथै झापा गोल्डकपमा विभिन्न संघ–संस्था, उद्योगी, ब्यापारी, सहकारी लगायत सबै क्षेत्रको विश्वास बढेको पाएको छु । यसपटक प्रयोजक धेरै रहेका छन् । यसले के संकेत गर्छ भने झापा गोल्डकपमा सबै क्षेत्रको विश्वास बढेर गएको छ । झापा गोल्डकपले यस क्षेत्रको ब्यवसाय प्रर्वद्धनमा पनि टेवा पु¥याएको छ । अब झापा गोल्डकप मार्फत जुनियर खेलाडी उत्पादन गर्दै यस क्षेत्रलाई खेलकुदको हब बनाउन सक्नुपर्छ ।
जयनारायण ढुङ्गाना
शिक्षासेवी
झापा गोल्डकपले समग्र झापालीको मात्र नभएर देशकै ध्यान केन्द्रित गर्न सफल भएको छ । यो झापा जिल्लाको गौरव गर्नुपर्ने विषय हो ।
चार वर्षअघिसम्म यहाँ कुनै पनि यस्ता किसिमका खेलहरु भएका थिएनन् चार वर्षबाट लगातार रुपमाा झापा गोल्डकप सञ्चालन हुने राम्रो कुरा हो । खेल क्षेत्र पनि एउटा शिक्षा क्षेत्र नै हो । यहाँ हामीले आयोजना गरेको गोल्डकपले धेरैलाई हौसला प्रदान गरेको छ भने खेल क्षेत्रको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा सबैलाई चासोको विषय पनि बनाएको छ ।
झापामा यस्ता राष्ट्रिय स्तरको प्रतियोगिता हुनु झापालीले गौरव गर्ने माध्यम पनि हो । खेल क्षेत्रको विकासका लागि राज्यलाई ध्यान केन्द्रित गराउन पनि झापा गोल्डकप सहयोगी बन्नेमा म विश्वस्त रहेको छ । बिर्तामोडको शैक्षिक, ब्यावसायिक, स्वास्थ्यका साथै खेल क्षेत्रको विकास गर्न पनि झापा गोल्डकप कोसेढुङ्गा सावित भएको छ । यसले झापा सबै झापालीलाई एकताको सुत्रमा बाँधेको छ । अब स्थानीय र प्रदेश सरकारले झापालाई खेल क्षेत्रमा सहयोग गर्दै झापा गोल्डकपमा भरपुर सहयोग गर्न जरुरी रहेको छ ।
टीकाराज ढकालः अध्यक्ष
झापा उद्योग संघ
झापा गोल्डकप विगत चार वर्षदेखि राम्रो रुपमा चलिरहेको छ । यसले झापाको फुटबल क्षेत्रको विकासका लागि महत्वपूर्ण योगदान पु¥याएको छ ।
अब हामीले डोमालाल राजवंशी रंगशालालाई ब्यवस्थित गर्दै यसको विकास गर्न सकेमा झापाको मात्र नभएर पूर्वको उत्कृष्ट खेलमैदानको रुपमा यसलाई स्थापित गर्न सकिन्छ । झापा गोल्डकपले गर्दा यस क्षेत्रको विकासमा टेवा पु¥याएको छ । रंगशालालाई अझ फराकिलो बनाएर अन्तर्र्राष्ट्रिय स्तरको रुपमा विकास गरेर विदेशी राष्ट्रिय टिमलाई पनि सहभागी बनाउन सकेका झापाको मात्र नभएर समग्र देशको विकासमा ठूलो सफलता मिल्ने थियो ।
झापाको मध्य भागमा रहेको यो रंगशालालाई संरक्षण गर्दै विकास गर्न सकेमा हामीले भोलिका दिनमा अझ गौरव गर्ने विषय बन्ने छ । यसले झापाका सबै क्षेत्रलाई जोड्न सकेको छ भने झापाली फुटबल खेलाडीको सीप विकासमा पनि थप मद्दत मिलेको छ । झापा गोल्डकपलाई निरन्तर रुपमा अगाडि बढाउन हामी सबैले ध्यान दिन जरुरी छ ।
कुमार भट्टराईः अध्यक्ष
बिर्तामोड उद्योग वाणिज्य संघ
झापा गोल्डकपले झापालीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएको छ । यसलाई अझ मर्यादित, ब्यवस्थित बनाउँदै साझा बनाउन जरुरी छ । यसपटक सबै राजनीतिक दल, उद्योगी–ब्यावसायी लगायतसँग छलफल गरेर झापा गोल्डकपलाई फराकिलो बनाउन खोजिएको छ । यो हामी झापालीका लागि राम्रो कुरा हो । झापा गोल्डकप बिर्तामोडको मात्र नभएर सबै क्षेत्रले अवन्त्व गर्न सक्ने बनाउनका लागि हामी सबै एक भएर लाग्न जरुरी छ ।
झापा गोल्डकपले झापा–११ फुटबल क्लबलाई पनि माथि उठाउन सफल भएको छ । आफ्नै खेलमैदानमा देशभरका खेलाडीहरुको खेल प्रर्दशन हेरेर अब कसरी अघि बढ्न सकिन्छ भन्ने शिक्षा पनि लिन सकिने छ । यसले गर्दा झापालीलाई खेल क्षेत्रमा उत्साहित बनाएको छ । खेल मध्येको सबैभन्दा र्सवाधिक रुपमा रुचाइएको फुटबल खेल अन्तर्गत झापा गोल्डकप हुनु हामी सबैले गौरव गर्नुपर्ने विषय हो । यसका ब्यवस्थापक महेन्द्रकुमार गिरीले सबैलाई जिम्मेवार बनाउँदै झापा गोल्डकप हाम्रो सानको विषय हो भन्ने बनाउनुभएको छ यसको म प्रशंसा गर्दछु ।
झापा गोल्डकपलाई अझ ब्यवस्थित गर्न उद्योग वाणिज्य संघको तर्फबाट खेल्नुपर्ने भूमिकाको विषयमा हामी नीजि क्षेत्रका सबै एक भएर सहयोग गर्ने छौं । झापा गोल्डकपलाई निरन्तर रुपमा अगाडि बढाएर यसको दिगोपनका विषयमा हामी सबैले हातेमालो गर्दै अघि बढ्न जरुरी छ । झापा गोल्डकपले सबै खेल प्रेमीका साथै पूर्व खेलाडीहरु तथा क्रिकेट, भलिबल, ब्याडमिटन लगायत सबै खेललाई संरक्षण गर्दै उनीहरुलाई पनि झापा गोल्डकपले समेट्न सक्नुपर्छ ।