२०८३ बैशाख २५ शुक्रबार
Search
Close this search box.

सिमसारको आम्दानी, विकासमा लगानी

बिर्तामोड, झापा जिल्लाको अग्रणी पर्यटकीय स्थलको रुपमा परिचित जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रले स्थानीय उपभोक्ता क्षेत्रमा विकासका कामहरु गर्दै आएको छ ।
जामुनखाडी सामुदायिक वन उपभोक्ता समूहले सञ्चालन गर्दै आएको सिमसार र पर्यटकीय क्षेत्रबाट बार्षिक रुपमा एक करोड रुपँया भन्दा धेरै बजेट समुदायको विकासमा खर्च गर्दै आएको छ ।
विरामी हुँदा अरु अस्पताल जान्छन् । तर, जामुनखाडी सामुदायिक वन उपभोक्ता क्षेत्रका विपन्न परिवार भने बन कार्यालयमा जाने गर्छन् । केही बर्षयता अति विपन्न परिवारलाई सामुदायिक बनले उपचारमा सहयोग गर्न थालेपछि त्यस क्षेत्रका उपभोक्ता विरामी हुँदा अस्पताल जानुभन्दा पहिले उपचारका लागि सहयोग लिन वन कार्यालय जाने गर्छन् ।
समूहले उपचार खर्चमा पछिल्लो तीन बर्षमा आठ लाख २४ हजार खर्च गरिसकेको छ । बिजुली नहुँदा पहिला माझी टोल र दमाइ गाउँमा टुकी बाल्नु पथ्र्यो । तर, दुई वर्षयता यस्तो बाध्यता हटेको छ । समूहले सोलार बत्ती जडानमा ३० लाख ८४ हजार खर्च गरेको छ । सिमसारको आम्दानीबाट सडक ग्राभेल, कालो पत्रे, ढल निर्माण, विद्यालय सञ्चालनमा अनुदान, सिप विकास, गोवरग्याँस प्लान्ट, शौचालय निर्माणमा गरी दुई करोड ८९ लाख खर्च गरिसकेको छ ।
झापाको कन्काई नगरपालिका १ र २ स्थित जामुनखाडी सिमसारले गरिबी न्यूनीकरण तथा सामुदायिक विकासमा वर्षेनि एक करोडभन्दा बढी बजेट खर्च गर्दै आएको छ । २०५२ साल स्थापना भई २०६५ साल देखि सिमसार तथा पर्यटन सञ्चालन गरेपछि जामुनखाडीले आम्दानीको एक तिहाई सामाजिक उत्तर दायित्व अन्तर्गत स्थानीयको विकासमा खर्चिने गरेको सामुदायिक वनका अध्यक्ष ख्यामराज सिटौलाले बताउनुभयो ।
चार सय ३४ हेक्टरमा फैलिएको सामुदायिक वनमा छ सय ८४ घरधुरीका उपभोक्ता आबद्ध छन् । उनीहरू मध्ये दुई सय २१ घरधुरी न्यून तथा एक सय ८५ घरधुरी विपन्न र अतिविपन्न परिवारका छन् । स्थानीय क्षेत्रमा सामुदायिक वनले गरेको यी कार्य उदारणीय बनेको छ । त्यस्तै विकास र सहयोग झापाका अन्य ५९ वटा सामुदायिक बन र सिमसार क्षेत्रमा पनि हुने हो भने जिल्लाको विकासमा निक्कै टेवा मिल्ने बन क्षेत्रका अगुवाहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit