२०८३ असार १० बुधबार
Search
Close this search box.

बिर्तामोडमा सानिमा

बिर्तामोड, झापाको बिर्तामोडमा सानिमा जनरल इन्स्योरेन्सले सेवा शुरु गरेको छ ।
सेवाको उद्घाटन बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले गर्नुभयो । सेवाको उद्घाटन गर्दै उनले बिमा क्षेत्रलाई अझै सेवामुखी भई आफ्ना ग्राहकलाई सर्वसुलभ सेवा दिन कम्पनी सक्षम होस् भन्ने शुभकामना दिनुभयो ।
बिर्तामोडमा सानिमाले आफ्नो सेवा बिस्तार गरेकोमा खुशी व्यक्त गर्दैै उनले उद्योग वाणिज्य संघ सहकार्य गर्न तत्पर रहेको बताउनुभयो । सानिमा इन्स्योरेन्स कम्पनीका नायव महाप्रबन्धक सुवोधलाल श्रेष्ठले बजारको माग बमोजिम नयाँ–नयाँ बिमा सेवाहरु कम्पनीले थप गर्दै लैजाने र दाबीपछिको सेवालाई चुस्त पार्दै समयमा नै भुक्तानी गर्दै आएको बताउनुभयो । उहाँले बिर्तामोड र आसपासमा रहेका उद्योगी, व्यवसायी, कलकारखाना, व्यापार तथा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको र कम्पनीको शाखा सञ्चालन गरिएको जानकारी दिनुभयो । सानिमा बिमा कम्पनीको उच्चस्तरको बिमा सेवालाई सहज रुपमा उपयोग गर्न र बढीभन्दा बढी लाभ लिन उनले नगरबासीलाई आग्रह समेत गर्नुभयो ।
कम्पनीको एक अर्ब ५० करोड अधिकृत पुँजी रहेको बताइएको छ । जारी पुँजी एक अर्ब र चुक्ता पुँजी ७० करोड रहेको शाखा उद्घाटन समारोहमा जानकारी दिइयो ।
आगामी आर्थिक वर्षभित्र ३० करोड बराबरको सर्वसाधारणका लागि शेयर जारी गरी चुक्ता पुँजी एक अर्ब पुर्याउने लक्ष्य लिइएको जानकारी दिइयो । कार्यक्रममा सहभागीलाई धन्यवाद दिँदै कार्यक्रमका सभापति एवम् कम्पनीका सञ्चालक डा. मणिकलाल श्रेष्ठले कम्पनीले सबै प्रकारका निर्जीवन बिमाहरु गरिरहेको जानकारी दिनुभयो । उहाँले सम्पत्ति बिमा, मोटर, घर, कलकारखाना, जलविद्युत्, इञ्जिनियरिङ, कृषि तथा पशु बिमा र लघु बिमामार्फत देशभर बिमाको पहुँच सर्वशुलभ रुपमा पुर्याएको बताउनुभयो ।
कार्यक्रममा सानिमा माई हाइड्रोका अध्यक्ष सुवर्णदास श्रेष्ठले सानिमा आफैंमा एक स्थापित नाम भएको र यस ब्राण्डबाट हुने हरेक प्रकारको लगानी सामाजिक, आर्थिक विकासका लागि समर्पित हुने बताउनुभयो ।
कार्यक्रममा बोल्दै बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटीले सानिमा जनरल इन्स्योरेन्ससँग सहकार्य गर्न आफूहरु इच्छुक भएको बताउनुभयो । बिर्तामोडमा सेवा शुरु गरेकोमा यसले शाखा स्थापना गरेको प्रति खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रमको सञ्चालन कम्पनीका बजार व्यवस्थापक लोकेन्द्र अधिकारीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit