२०८३ बैशाख २८ सोमबार
Search
Close this search box.

प्रतिभाशाली गौतम

 

झापा धुलाबारी माध्यमिक बिद्यालयको प्लस टु मा अध्यनरत छात्रा युनिका गौतम अहिले जिल्लामै चर्चित छिन् । स्पष्ट र धारा प्रवाह रुपमा बोल्न सक्ने क्षमता भएकी युनिका कार्यक्रम सन्चालन, कविता वाचन मात्र नभई पढाईमा समेत अब्बल छिन् ।

महानायक राजेश हमालको समेत मन जितेर प्रशंसा बटुलेकी गौतमले नेपाल स्काउटबाट पुरस्कार र सम्मान पाईसकेकी छन् । गौतमले स्थानीय रेडियोमा बाल कार्यक्रम सञ्चालन गरिसकेकी छिन् । महिला हिंसाबिरुद्धको १ नम्बर प्रदेशको वक्तृत्वकला प्रतियोगितामा बढी भोट प्राप्त गरी रहेकी युनिका देशमा न्याय र समानताका लागि आवाज उठाइरहने प्रण गर्छिन् ।

बुवा युबराज गौतम र आमा चित्रकला गौतमकी एक्ली सन्तान युनिका आफ्नो सफलताको श्रेय र प्रेरणाको श्रोत आफ्नी आमालाई मान्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit