२०८३ असार १० बुधबार
Search
Close this search box.

एक लाख ८६ हजार मूल्य वरावरको सामान बरामद

बिर्तामोड,प्रहरीले विहीवारराति झापाको मेचीनगर नगरपालिका–६ बाट १ लाख ८६ हजार ५ सय रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।
भन्सार छलेर नेपाल भित्र्याइँदै गरेको ४५ हजार मूल्य बराबरको बिभिन्न प्रकारका कपडा, खाने तेल र हार्डवेयरको सामान त्यसैगरी नेपालबाट भारत तर्फ लैजाँदै गरेको २०० किलो मरिच, ४० किलो सुपारी र २० लिटर घरेलु मदिरा बरामद गरेको हो ।
बरामद गरिएको सवै सामग्री मेची भन्सार कार्यालय काँकरभिट्टालाई आज बुझाइने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit