२०८३ असार १० बुधबार
Search
Close this search box.

झापाका ललित दोस्रो नेपाल च्याम्पियन

बिर्तामोड, दोस्रो नेपाल च्याम्पियन राष्ट्रियव्यापी शारीरिक सुगठन प्रतियोगिताको उपाधि झापाका ललित धिमालले हात हत्याउनु भएको छ ।
धरानमा भएको फाइलन राउण्डमा चार प्रतिस्पर्धीलाई उछिन्दै झापाको ग्यालेक्सी फिटनेशका प्रशिक्षक समेत रहनुभएका धिमालले उपाधि हात पार्नुभएको हो । धिमाल ७५ केजी तौल समूहबाट विजेता बन्दै ओभरअल राउण्डमा प्रवेश गर्नुभएको थियो । उपाधिसँगै उहाँले १ लाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नुभयो ।
त्यस्तै आयोजक एलाइनेट जिमका मनिष लिम्बू दोस्रो वन्नुभयो । ७० केजी तौल समूहबाट विजेता बन्दै ओभरअल राउण्डमा प्रवेश गर्नुभएका लिम्बूले नगद ५० हजार रुपैयाँसहित प्रमाण पत्र प्राप्त गर्नुभयो । उहाँ हाल हङकङमा बस्दै आउनुभएको छ । हङ्कङबाटै स्पर्धाका लागि नेपाल आउनुभएको थियो । झापाबाटै प्रतिस्पर्धा गरेका सुमन लिम्बू तेस्रो बन्दै नगद ४० हजार रुपैयाँ प्राप्त गर्नुभयो ।
त्यस्तै बिराटनगरका प्रवीण राजवंशी चौथो बन्दै नगद ३० हजार रुपैयाँ जिते भने मोरङ पथरीका अजय मल्लिक पाँचौ बन्नुभयो । उहाँले नगद २५ हजार रुपैयाँसहित प्रमाण–पत्र जित्नुभयो । उहाँहरु क्रमशः ६५ केजी, ५५ केजी र ६० केजी तौल समूहबाट ओभरअल राउण्डमा प्रवेश गर्नुभएको थियो । व्यक्तिगततर्फ बुटबलबाट सहभागी बन्नुभएका विजेन्द्रमान श्रेष्ठ बेष्ट पोजर, बुटबलकै नरेश मालाकार मोष्ट मस्कुलर मेन र बेष्ट इम्प्रुभमेन्टमा मोरङका देवीबहादुर बस्नेत घोषित हुनुभयो । उहाँहरूले जनही ५–५ हजार रुपैयाँ प्राप्त गर्नुभयो ।
विजेता तथा उपविजेताहरूलाई प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी, आयोजक एनाइनेट जिमका अध्यक्ष बिक्रम लिम्बूलगायतले पुरस्कार वितरण गरेका गर्नुभयो । कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षकसमेत रहेका शिवलाल श्रेष्ठलाई सम्मान गरिएको थियो । ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७५ केजी तौल समूहबाट स्पर्धा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit