२०८३ असार १० बुधबार
Search
Close this search box.

महिला फुटबल र सेपाक ताक्रो टोलीको विदाई

काँकरभिट्टा , एक नम्बर प्रदेशस्तरीय प्रतियोगितामा भाग लिने झापाली महिला फुटबल टोली र सेपाक ताक्रो टोलीलाई  विदाई गरिएको छ ।
आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि प्रदेशस्तरीय प्रतियोगितामा भाग लिने फुटबलका महिला खेलाडी र सेपाक ताक्रोका खेलाडीलाई विदाई गरिएको हो ।
प्रदेश साँसद् श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्य तथा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापाको अध्यक्षतामा काँकरभिट्टामा आयोजित कार्यक्रममा खेल टोली विदाई भएका हुन् ।
आउँदो फागुन १२ देखि १७ गतेसम्म धनकुटामा सञ्चालन हुने महिला फुटबलको प्रदेशस्तरीय छनोट प्रतियोगितामा भाग लिने झापाली टोलीको प्रशिक्षकमा सन्तबहादुर रायमाझी छन् ।
पूर्णमाया सुब्बा व्यवस्थापक रहेको १८ सदस्यीय टोलीमा जिल्लास्तरीय प्रतियोगिताबाट छानिएका १६ जना महिला खेलाडी छन् ।
त्यस्तै, यही फागुन ११ र १२ गते धरानमा सञ्चालन हुने सेपाक ताक्रोको प्रदेशस्तरीय छनोट प्रतियोगितामा भाग लिने झापाली टोलीको प्रशिक्षकमा राजु शिवाकोटी छन् ।
मुक्ति काफ्ले व्यवस्थापक रहेको १२ सदस्यीय टोलीमा जिल्लास्तरीय प्रतियोगिताबाट छानिएका ५ पुरुष र ५ जना महिला खेलाडी रहेका निर्णायक अर्जुन लम्सालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit