पिरतिको कथा हाम्रो, लेख्न मन लाग्यो
छोडी जाने निस्ठुरीलाई, देख्न मन लाग्यो
थामिएन मन पनि आँधी सरी भा छ
भत्किएको मनको बाँध, छेक्न मन लाग्यो
तिल जस्ता समस्याले, पहाड बनि थिच्दा,
सारा शक्ति लगाएर थेग्न मन लाग्यो
बिग्रिएको जिन्दगी यो भत्किएको घर ,
टुटेका ती काँचमाथि, टेक्न मन लाग्यो
मनमुटु दिँदापनि, नपुग्ने त्यो धोखेबाजलाई
बाटो ढुकी धोको पुर्याइ, सेक्न मन लाग्यो
जुन मुटुमा सजाएर, उसलाइ राखेको थिएँ
त्यही मुटु निकालेर, फेक्न मन लाग्यो ।

नबिना खनाल गौतम
पोखरा लामाचौर











